सेनाको हेलिकोप्टरले थाल्यो पहिरो पीडितको उद्धार

0 8

२८ जेठ, काठमाडौं । ताप्लेजुङका विभिन्न गाविसमा पहिरोबाट मानिसहरुको हताहती हुँदा प्रमुख जिल्ला अधिकारी काठमाडौंमै थिए ।

जिल्लामा पहिरो गएको सुनेपछि प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका अधिकृतका साथमा सभासद डम्बरध्वज तुम्वाहाम्फे सेनाको हेलिकोप्टर चढेर फुङलिङ पुगेका छन् ।

‘अहिले सेनाको हेलिकोप्टरले पहिरोस्थलबाट घाइतेहरुलाई ओसारिरहेको छ,’ सभासद तुम्बाहाम्फेले अनलाइनखबरसँग भने,’ सान्ताग्रा र लिबाङ क्षेत्रबाट पाँचजना घाइतेलाई जिल्ला ल्याइएको छ, थिङलाबु र खोक्लिङमा पनि घाइतेको उद्धारका लागि जाने तयारी भइरहेको छ ।’

सभासद तुम्वाहाम्फेका अनुसार पहिरोमा परी मृत्यु भएका मध्ये दिउँसोसम्म १३ जनाको मात्रै सनाखत भएको छ । बाँकी ३१ जनाको अहिलेसम्म अत्तोपत्तो छैन ।

– Source:onlinekhabar