नेपालगञ्ज मेडिकल कलेजमा इन्टर्न डाक्टरहरु आन्दोलनमा

0 6

२८ जेठ, नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका इन्टर्न डाक्टर र एमबिबिएस अध्यनरत विद्यार्थीको आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित भएको छ ।

पाँचबुँदे मागसहित आन्दोलनमा उत्रेका उनीहरुले अस्पतालको ओपीडि लगायतको सेवा बन्द गराएका छन् । पाँचबुँदे मागहरु राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले गत सोमबारबाट आकस्मीक बाहेक सम्पूर्ण सेवा ठप्प पारेका हुन् ।

उनीहरुले प्रत्येक वर्ष भर्ना शुल्कमा बृद्धि गरिए झै ईन्र्टन डाक्टरहरुको सेवा सुविधामा बृदि गर्नुपर्ने, भर्नाको बेला लिइने सेक्यूरिटी डिपोजिट फिर्ता गर्नु पर्ने, अनुतिर्ण विद्यार्थीले तिर्नु पर्ने पेनाल्टी र अन्तिम परीक्षाको लागि लिइने परीक्षा शुल्क यूनिभरसिटी कै नीति विरुद्ध भएकोले तत्काल बन्द गर्नु पर्ने लगायतका माग अघि सारेका छन् ।

ईन्टर्न डाक्टर र एमबिबिस विद्यार्थीहरुले आफ्ना मागबारे पटक पटक वार्ता गरे पनि प्रशासन पक्षले माग सम्बोधन नगरी दमन गर्न खोजेको आरोप लगाएका छन् ।

नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक सुरेशकुमार कनौडियालेे अस्पताल प्रशासन आन्दोलनरत पक्षसंग वार्ता गर्न ५ सदस्यीय वार्ता टोलि गठन गरेको जानकारी दिए । उनले आन्दोलनरत पक्षहरुलाई वार्ताका लागि पटक पटक बोलाउँदा पनि नआएको दावी गरे ।

आन्दोलनलाई कलेजमा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडमी लिमिटेड कर्मचारी संगठनको समेत समर्थन रहेको छ । संगठनका सभापति टिएन रावतले एक विज्ञप्ती जारी गर्दै ईन्र्टन डाक्टरहरुको जायज मागहरुप्रति आफ्नो संगठनको एक्यबद्धता रहेको जनाएका छन् ।

आन्दोलनकारी इन्टर्न डाक्टरहरुले आन्दोलन नछोड्ने र अस्पताल प्रशासनले उनीहरुका मागहरु सम्बोधन नगर्दा आफूहरु मारमा परेको विरामीहरुले बताका छन् । ओपिडी सेवा बन्द भएको अस्पतालमा आकस्मीक कक्षका विरामीलाई समेत अन्य डाक्टरहरुले नहेरिदिएको विरामीहरुको भनाइ छ ।