पाटन दरबार क्षेत्र खुला

0 7

२८ जेठ, ललितपुर । लामो समयदेखि बन्द पाटन दरबार क्षेत्र आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

भूकम्पले दरबार क्षेत्रमा क्षति पुगेकाले कमजोर सुरक्षाका कारणले गर्दा बन्द गरिएको थियो । पाटन सङ्ग्रहालय खुला गर्न भने अझै एक हप्ता लाग्ने संग्राहलय सूचना अधिकृत सुरेशमान लाखेले बताए ।

उनका अनुसार भूकम्पबाट पाटन संह्लायभित्र पर्ने चारनारायण, हरिशंकर मन्दिर र मणिमण्डप पाटी पूर्ण रुपमा क्षति तथा विश्वनाथ, भीमसेन र ज्यासीदेग मन्दिरमा आंशिक रुपमा क्षति पुगेको छ । संकर भवन केही चर्किएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले दरबार क्षेत्रको अवलोकन गर्दै दरबार क्षेत्र वरपर साँगुरो रहेको हुँदा चर्केका घर भत्काएर अवलोकनकर्तालाई सुरक्षा दिनुपर्ने बताए ।

वैशाख १२ गतेदेखि नै बन्द बङ्गलामुखी र कुम्भेश्वर मन्दिर पनि आजदेखि खुला भएको छ । बंगलामुखी मन्दिरमा आज शिक्षामन्त्री चित्रलेखा यादवले भ्रमण गरी प्रसाद ग्रहण गरिन् । रासस,