नबिल बैंकको भूकम्प पीडितलाई २ करोड सहयोग

0 5

२८ जेठ, काठमाडौं । भूकम्प पीडितलाई नबिल बैंकले २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ ।

बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा उक्त रकम बराबरको चेक प्रधानमन्त्री सुशील कोइरालालाई प्रदान गरे । सो अवसरमा बैंकका सञ्चालक समितिका सदस्य निर्वाणकुमार चौधरी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार खनालसहित वरिष्ठ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री कोइरालाले देश र जनताको हितका लागि गरेको निरन्तर प्रयासबाट आफुहरु प्रेरित भएको बैंकका अध्यक्ष पौडेलले बताए । कोइरालाको नेतत्वमा नेपालले संविधानसभाबाट लोकतान्त्रिक संविधान पाउने र देशको आधुनिक विकास निर्माणले गति लिने विश्वास उनले व्यक्त गरे ।

प्रधानमन्त्री कोइरालाले आफू लोकतान्त्रिक संविधान, शान्ति, स्थायित्व र विकासको लागि निरन्तर लागि परेको बताए ।