यी नायिका, जसले लोकगीत पनि छाड्दैनन

0 3

काठमाडौं । ठूलो पर्दामा स्थापित भएका प्राय कलाकारहरु टेलिभिजनसँग सम्बन्धित कुनै पनि काम गर्नु अघि सोच्न वाध्य हुन्छन् ।

हलिउड र बलिउडमा त प्राय कलाकारले विज्ञापन र रियालीटी शो बाहेक अन्य काममा सहभागी हुँदैनन् । तर, नेपालमा त्यो नियम लागु हुँदैन । ठूला पर्दामा काम गरेर राम्रै ख्याती कमाएका चर्चित नायिकाहरु समेत लोकगीतमा नाच्न समेत राजी हुन्छन् ।

केही चर्चित नायिका यस्ता छन् । जसले लोक गीतदेखि तीजका गीतमा समेत अभिनय गरेका छन् । हेरौं को रहेछन् ति नायिकाः

jhara-karishma

झरना थापाः पछिल्लो समयकी सबै भन्दा ब्यस्त नायिका हुन् झरना थापा । कुनै वेला एकै वर्ष तिन भन्दा बढी फिल्म खेल्ने गरेकी झरनालाई अहिले पनि काम गर्न भ्याई नभ्याई छ ।

यतिसम्म कि उनले स्क्रिप्ट पढेर राम्रो फिल्ममा मात्रै काम गर्छु भने पनि उनलाई कामको अभाव हुन्न । तर, झरना यति सजिली छिन् । कुनै निर्देशकले लोकगीतको म्युयिजक भिडियोमा अभिनयको प्रस्ताब राखेर उनलाई भेट्यो भने काम गर्ने सहमति दिईहाल्छिन् ।

करिश्मा मानन्धरः सौन्दर्य चर्चा गर्ने हो भने अहिले पनि अब्बल मानिन्छिन् करिश्मा मानन्धर । कुनै वेला नेपाली चलचित्र उद्योगको नम्बर वान नायिका करिश्मा समेत पछिल्लो समय सजिलो पात्र हुन थालेकी छिन् म्युजिक भिडयोका लागि ।

गएको वर्ष तीजको गीतमा मोडलिङ गरेकी करिष्मा राम्रो शब्द र संगीत भएमा काम गर्ने धारणा राख्छिन् ।

रेजिना उप्रेतीः लगभग तीन वर्ष पूरा भयो रेजिना उप्रेती क्यामेरा अगाडी उभिन छाडेको । उनले अभिनय छाडेर के भो त । उनले छमछमी नाचेको अहिले पनि टेलिभिजनमा देखिन्छ बेला बेलामा ।

लोक, आधुनिक र तीजको गीतमा समेत अभिनय गरेकी छिन् रेजिनाले । लोकगीतका छुट्टै दर्शक छन् भन्ने रेजिना राम्रो गीत भएमा फेरि पनि अभिनय गर्ने धारणा राख्छिन् ।

sushma karki

सुस्मा कार्कीः खासमा सुस्मा कार्की लोकगीतमा नाचेरै चर्चामा आएकी हुन् । लोकगीतमा नाच्दा नाच्दै लुटको चर्चित गीत उध्रेको चोली…बोलको गीतमा आईटम डान्स गर्ने अवसर पाएकी सुष्मा गीत हिट भएपछि रातारात स्टार बनिन् ।

तीन वर्षको वीचमा दर्जन बढी चलचित्रमा अभिनय गरेकी सुस्माको अहिले फेरि करिअर जोगाउने आधार लोकगीतकै भिडियो बनेको छ । कामको मामलामा उनी पनि सजिली नायिका मानिन्छिन् ।

बेनिशा हमालः केही चलचित्रमा काम गरेर राम्रै जस पाएकी छिन् बेनिषा हमालले । उनको अभिनय र सौन्दर्यको तारिफ भएपनि सिनेमाको अफर क्रमश कम हुँदै गएपछि उनको पनि करिअर धान्ने आधार म्युजिक भिडियो नै बनेको छ ।

पछिल्लो समय धेरै हिरोईनले फिल्मलाई भन्दा बढी म्युजिक भिडियोलाई महत्व दिन थालेका छन् । हिरोईनले अभिनय गर्नु अघि गीतको भाव त बुझेनन् नै आफुसँग मोडलिङ गर्ने ब्यक्ति कस्तो छ समेत हेक्का राख्दैनन् ।

– See more at: http://www.onlinekhabar.com/2015/06/286631/#sthash.fPRmup0Z.dpuf