आधुनिक यूवती बन्ने चाहना बोकेकी सारिका

0 4

चलचित्र ‘कान्छी मट्याङ ट्याङ’मा गुन्यू चोलीमा देखिएकी नव-कलाकार सारिका केसी अर्को चलचित्र ‘लक्ष्य’मा भने कुर्ता सुरुवाल लगाएर पर्दामा देखिनेछिन् । एकपछि अर्को चलचित्रमा लगातार साधारण यूवती बनेकी सारिका आफूलाई अफर आएको खण्डमा आधुनिक यूवतीको भूमिका पनि गर्न मन लागेको बताउँछिन् ।

अनलाइनखबरसँगको भेटमा मनको चाहना पोख्दै उनले भनिन्-‘सानैबाट नायिका बन्ने सोच थियो । अहिले यो पुरा हुँदै गर्दा खुशी लागेको छ ।’ चलचित्र क्षेत्रमा आएको १ बर्षको अवधीमा आफूले सामान्य कुरा मात्र सिकेको उनले बताइन् ।
नायिका बन्न के गर्नुपर्ने रहेछ त, उनले भनिन्-‘आफूमा प्रतिभा हुन जरुरी छ । साथमा यो क्षेत्रमा लगातार लागिरहन जरुरी छ । हरेश खान हुँदैन भन्ने वुझेकी छु ।’IMG_3361

आफूले सबैसँग राम्रो व्यवहार गर्ने भएकाले पनि यो क्षेत्रमा लामो समयसम्म टिक्छु भन्ने उनले वुझेकी रहिछन् । आफूलाई मनपर्ने कथावस्तु पाएको खण्डमा चलचित्रमा आधुनिक यूवती बनेर खेल्न मन लागेको चाहना सुनाउँदै बाग्लुङकी सुन्दरीले भनिन्-‘म राम्रो ब्यानरको पर्खाइमा छु । ब्यानर राम्रो नभइ कोही पनि अगाडि बढ्न सक्छ जस्तो लाग्दैन ।’

नेपाली चलचित्र क्षेत्रमा लामो रेशको घोडा बन्ने सोचका साथ आएकी सारिकाले दुबै चलचित्रको कथा मन परेकाले काम गरेको बताइन् । चलचित्र क्षेत्रमा रेखा थापालाई स्टार नायिका देख्ने सारीकाले आफ्नो सुन्दरताको बारेमा भनिन्-‘म आफूलाई खासै राम्री छु जस्तो लाग्दिन । तर, नायिकामा हुनुपर्ने गुण मसँग छ ।’

– Source:onlinekhabar