प्रधानमन्त्री कोइराला आजबाट ट्विटरमा

0 11
काठमाडौं : प्रधानमन्त्री सुशील कोइराला आजबाट ट्विटरमा देखिएका छन् । प्रधानमन्त्री भएको लामो समयपछि प्रम कोइराला ट्विटरमार्फत सामाजिक सञ्जलामा झुल्केका हुन् ।

प्रेस सल्लाहकार प्रतीक प्रधानले प्रधानमन्त्रीले आजबाट ट्वीटर चलाउन थालेको जानकारी दिए । प्रम कोइरालाले बिहीबार दिउँसो ट्विट गर्दै देश विदेशमा रहेका सम्पूर्ण नेपाली र नेपालका हितैषीलाई अभिवादन गर्न भ्याएका छन् ।

उनले नेपाली र अंग्रेजी दुबै भाषामा ट्विट गर्दै आफू ट्विरमा झुल्केको बताएका हुन् । छिमेकी देश भारत र भुटानसहितका प्रधानमन्त्रीले राज्य र आफ्ना हरेक गतिविधिको सूचना ट्विटरमार्फ नै दिने गरेका छन् ।

८० पुग्न लागेका प्रम कोइारालाले बुधबार खोलेको ट्विटर एकाउन्टलाई फलो गर्नेको संख्या एक दिनमै २६ सय नाघिसेको छ ।

उनी आफैंले भने पहिले अमेरिकी राष्ट्रपति बाराक ओबामा र त्यसपछि भारती प्रधानमन्त्री नरेन्द्र मोदीलाई फलो गरेका छन् ।

source:annapurnapost