ख्याल गर्नुस्, यसकारण दुःख पाइन्छ डेनमार्कमा

0 8

डेनमार्कमा नेपाली समुदायको इतिहास त्यति लामो छैन । सन् २००१ पछि मात्र नेपालीहरु विद्यार्थीको रुपमा आउन शुरु गरेको पाइन्छ । विरानो देशमा शुरुवाती दिनहरु निकै कष्टकर र संघर्षमय हुनु सबैको लागि स्वभाविक हो ।

डेनमार्कमा उच्च अध्ययनको लागि निकै महंगो देश हो । डेनमार्कमा नेपाल लगायत भारत, बंगलादेश, पाकिस्तान, चीन तथा केही अफ्रिकी मुलुकहरुबाट विद्यार्थीहरु आउने गरेको पाइन्छ । डेनमार्क अवसर भएको देश पनि हो । आफूलाई अब्बल राख्न सकियो भने धेरै अवसरहरु पनि यहीं छन् ।

डेनमार्कको विद्यार्थी जीवन

डेनमार्कको विद्यार्थी जीवन कस्तो छ त ? आउनुहोस यसको छोटो चर्चा गरौँ । देशको राजनीतिक परिस्थिति, शैक्षिक परिस्थिति, रोजगारको अवस्था इत्यादीका कारण युवा विद्यार्थीहरु विदेश अध्ययनको लागि आउने गरेको देखिन्छ । एउटा सत्य कुरा के हो भने आफनै देशमा केही अवसरको परिस्थिति र सम्भाव्यता भएको कोही पनि युवा विदेश जाँदैन । आफ्नो परिवार, नातेदार छोडेर अर्काको देशमा जाने चाहना पक्कै पनि कोही युवा युवतीको हुँदैन । देशमा खोज्दा खोज्दा नपाएर युवाहरु विदेश ‘केही खोज्न’ आएका हुन्छन् ।

डेनमार्क उच्च आर्थिक वृद्धिदर भएको देश हो भने आम्दानी र खर्च पनि सोही अनुसार हुने देश हो । यहाँको कलेज र विश्वविद्यालयको शुल्क उच्च हुन्छ । कलेजमा भर्ना पाउन अलिक सजिलो हुन्छ भने विश्वविद्यालयमा भर्ना पाउन मुश्किल हुन्छ । पढाइ एकै किसिमको हुने भए पनि अध्ययन पश्चात अवसर खोज्ने बेलामा विश्वविद्यालयको प्रमाणपत्र कलेजको कलेजको भन्दा बढी ‘मान्य’ हुन्छ ।

डेनमार्कमा कतिपय कलेजहरुले बेलायतको विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेज संचालन गर्ने गरेका छन् । तर यहाँको विश्वविद्यालयको पढाइ डेनमार्क सरकारको उच्चशिक्षाले तोके अनुसार हुने भएकोले बढी मान्य हुन्छ । त्यसकारण विद्यार्थीको रुपमा आउँदा अन्तैबाट सम्बन्धन प्राप्त कलेजमा आउँदै छु वा डेनमार्कको विश्वविद्यालय अन्तर्गतको पढाइ अन्तर्गत आउँदै छु भन्ने कुरा जानकारी लिँदा आउन चाहने विद्यार्थी स्वयंको लागि राम्रो हुनेछ । यसको बारेमा नेपालबाट कन्सल्टेन्सीहरुले जानकारी दिन खोज्दैनन् । त्यसकारण विद्यार्थी यहाँ आएपछि मात्र यथार्थ थाहा पाउने गर्दछन् र कतिपय पछुताएका उदाहरण पनि छन् ।

डेनमार्कमा नियम परिवर्तन हरेक ६/६ महिनामा हुने निश्चित हुन्छ । त्यसकारण आप्रवासी तथा विदेशी विद्यार्थीहरुको लागि नियम पनि बेला बेलामा परिवर्तन भइरहन्छ । आज आˆनो लागि अनुकुल भएको नियम अर्को वर्ष नहुन पनि सक्छ ।

आइसकेपछि के गर्ने ?

यहाँ आइसकेपछि पनि विद्यार्थीहरुले कोठा नपाउने, कोठा पाए पनि दर्ता हुनको लागि ठाउँ नपाउने, काम खोज्ने लगायत धेरै समस्या भोग्ने गरेका छन् । नियम कानून राम्रोसँंग नबुझेका कारण धेरैले दुख पाएको उदाहरण धेरै छन् । डेनमार्क आएको ६ हप्ताभित्र आफू बस्न चाहेको नगरपालिकामा दर्ता भई सक्नु पर्छ । तर दर्ता हुनको लागि ‘बस्नयोग्य’ कोठा हुनु पर्छ । कोपनहेगनमा कोठा पाउन निकै मुश्किल हुन्छ । पाए पनि एकमुष्ठ एकदेखि तीन महिनाको ‘डिपोजिट’ रकम बुझाए पछि पाइन्छ ।

डेनमार्क आएपछि विभिन्न हाउजिङ्ग कम्पनीमा कोठाको लागि आवेदन दिन पाइन्छ । यसरी कोठा पाउन आवेदन दिएको तीनदेखि दुई वर्षसम्म लाग्न सक्छ । बस्नयोग्य कोठा र कति जनासम्म बस्न मिल्ने कोठा भन्ने कुरा पहिल्यै नगरपालिकामा घरको बिस्तृत विवरण हुने हुनाले निर्धारित हुन्छ ।

डेनमार्क आएपछि विभिन्न हाउजिङ्ग कम्पनीमा कोठाको लागि आवेदन दिन पाइन्छ । यसरी कोठा पाउन आवेदन दिएको तीनदेखि दुई वर्षसम्म लाग्न सक्छ । बस्नयोग्य कोठा र कति जनासम्म बस्न मिल्ने कोठा भन्ने कुरा पहिल्यै नगरपालिकामा घरको बिस्तृत विवरण हुने हुनाले निर्धारित हुन्छ । एउटा कोठामा दुई जनासम्म बस्न पाइन्छ तर कहीं कहीं एक जना मात्र बस्ने खालको पनि हुन्छ । यो नियमका कारण धेरै नेपालीहरुले दुःख पाएका उदाहरण अहिले पनि प्रशस्तै छन् ।

धेरै नयाँ आउनेहरुको सोचाइ के हुन्छ भने ‘चिनेको साथि छ उसकोमा भैहाल्छ’ भन्ने । तर यस्तो हुँदैन । कुनै ठाउँमा दर्ता हुनको लागि कानून अनुसारको ‘स्पेस’ हुनु जरुरी हुन्छ । नगरपालिकामा दर्ता भईसके पश्चात ‘पहेंलो कार्ड’ प्राप्त हुन्छ, जसले वैधानिक रुपमा काम खोज्ने, भाषा पढ्ने, निःशुल्क स्वास्थ्य जांँच लगायतका सुविधा पाइन्छ, जसले यहाँको दैनिक जीवन सहज बनाउन मद्दत गर्छ । दोस्रो कुरा काम खोज्ने कुरामा पनि अरुले भनेजस्तो र नेपालमा कन्सल्टेन्सीले बताए जस्तो सजिलो छैन । विधार्थी भिसाले काम गर्न पाउने अधिकारको ग्यारेन्टी त गर्छ तर काम पाइहाल्ने कुराको ग्यारेन्टी गर्दैन । काम स्वयं आफैले खोज्नु पर्छ काम पाउन समय पनि लाग्न सक्छ । आफू डेनमार्क आइसकेपछि विद्यार्थीले आफना श्रीमान, श्रीमती तथा छोराछोरी ल्याउन पनि पाइन्छ तर कोठा सोही अनुसारको हुनु पर्दछ ।

पढाइको सवालमा यहाँका कलेज तथा विश्वविद्यालयहरु निकै कडा रुपमा प्रस्तुत हुन्छन् । नियमित कक्षा नलिने विद्यार्थीहरुलाई अध्यागमनमा रिपोर्ट गरिदिने हुनाले कक्षा नियमित लिनुपर्ने हुन्छ । अध्यागमनमा रिपोर्ट भएको खण्डमा सम्बन्धित विद्यार्थीलाई सिधै ‘डिपोर्ट’ गर्न सक्ने भएकोले त्यसो नहोस् भनेर विद्यार्थी बेलैमा सजग बन्नु जरुरी हुन्छ । यसरी डिपोर्टेसनमा परेर धेरै विदेशी विद्यार्थीहरुले डेनमार्क छोडेका छन् ।

यसैगरी समयमा शुल्क नतिर्ने विद्यार्थीहरुलाई पनि कलेजले छिटो तिर्नको लागि निकै ताकेका गर्ने गर्दछ । उच्च शिक्षाको लागि डेनमार्कमा शुल्क पनि उच्च नै रहेको छ । शुल्क वाषिर्क १० हजार युरो रहेको हुन्छ । कोपनहेगन वरपरको कलेज वा विश्वविद्यालयमा आउनेहरुलाई काम पाउन अलि सजिलो भए पनि डेनमार्कका अन्य शहरहरुमा आउनेहरुको लागि भने काम पाउन मुस्किल रहेको धेरैको अनुभव रहेको छ । त्यसकारण आफू कुन ठाउँको कलेजमा आउँदै छु भन्ने ख्याल हुनु जरुरी छ ।

आफूले स्नातकोत्तर अध्ययन सकेको कलेज वा विश्वविद्यालय विदेशी सम्बन्धनको हो भने ‘क्राइटेरिया’ पुग्दैन र यहाँको स्थानीय भाषा परीक्षा पास र आईईएलटीएस पास (६.५) प्राप्त गर्नु जरुरी छ तर डेनमार्कको विश्वविद्यालयबाट स्नातकोत्तर गर्नेले सोझै ‘ग्रीन कार्ड’ पाउने गर्दछन् ।

डेनमार्कमा कोपनहेगन पछिको दोस्रो शहर ओडेन्स हो भने अरु शहरहरु निकै साना रहेका हुन्छन् । शहर जति ठूलो भयो काम पाउने सम्भावना पनि त्यति नै हुन्छ । डेनमार्कमा स्थानीय डेनिस भाषा बोलिने भए पनि अंग्रेजी सबैले बुझ्दछन् र बोल्दछन् । तर काम पाउनको लागि सकेसम्म यहिँंको डेनिस भाषालाई यिनीहरुले प्राथमिकता दिने गर्दछन् । यदि भाषा सिक्न चाहने हो भने निःशुल्क भाषा सिक्न पाइन्छ । भाषा सिकेर आफूलाई स्थापित गर्ने नेपालीहरुको संख्या पनि कम छैन ।

कलेजको छनौट
विधार्थीले आफू ‘ब्याच्लर’ ‘पि्र-मास्टर्स’ वा ‘मास्टर्स’ मा अध्ययन गर्न जाँदैछु भन्ने लाग्छ भने त्यसको बारेमा राम्रोसँग बुझेर मात्र कदम चाल्नु पर्छ । अध्ययनपछिको ‘स्कोप’ के हो ? कलेज कस्तो हो ? अध्ययन सकेपश्चात अर्को भिसाको लागि क्राइटेरिया’ पुग्छ कि पुग्दैन भन्ने जस्ता कुराको निक्र्यौल आँफै गर्नुपर्छ । कतिपय कुरा कन्सल्टेन्सीले नभनेका कारण यहाँ आइसकेपछि मात्र विद्यार्थीले थाहा पाउने गर्दछन् । त्यसकारण कन्सल्टेन्सीको मात्र भर पर्नु हुँदैन । कन्सल्टेन्सी भनेको कलेजको एजेन्ट जस्तै हुन् र विद्यार्थी दिएवापत उनीहरुलाई ‘कमिसन’ आउने हुनाले सबै वास्तविकता उनीहरुले बताउँदैनन् ।

अध्ययन पश्चात विद्यार्थीको रुपमा आएर उच्च अध्ययन पश्चात यतै ‘सेटल’ हुने क्रम बढ्दो छ भने अध्ययन पश्चात युरोपका अन्य देशहरु तथा अमेरिका तथा क्यानाडा जानेहरु पनि प्रशस्तै भेटिन्छन् । डेनमार्कमा सात वर्षको बसाइ पश्चात स्थायी बसोबासको लागि आवेदन गर्न पाइन्छ । सात वर्षसम्म डेनमार्कमा विद्यार्थीको रुपमा टिक्ने कुरा पनि चानेचुने होइन । यसरी पढाइलाई निरन्तरता दिनेहरु हाल स्थायी बसोबासको लागि योग्य बन्दै गएका छन् । धेरैले स्थायी बसोबासको अनुमति पाईसकेका छन् । सात वर्ष बस्दैमा स्थायी बसोबासको लागि योग्य भइँदैन यहाँको भाषा सिकेर परीक्षा पास पनि गर्नुपर्दछ । विद्यार्थीले अनुमति अनुसारको काम पनि गरिरहेको रेकर्ड देखिनु पर्छ ।

ग्रीन कार्ड र वास्तविकता
सन् २००९ देखि डेनमार्कले ‘ग्रीन कार्ड’ स्किम अन्तर्गत शीप भएका कामदार ‘हाइली स्किलड वर्कर’ ल्याउने प्रावधानसहितको कानून ल्यायो, जसअन्तर्गत नेपाल लगायत संसारका धेरै देशबाट स्नातकोत्तर अध्ययन सकेका र तीन वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएका कामदारहरु डेनमार्क भित्रिए । ग्रीन कार्ड भनेको तीन वर्षसम्मको र पूर्ण अवधी काम गर्न अनुमति प्राप्त ‘अस्थायी बसोबास’ को लागि अनुमति प्राप्त भिसा हो । यस्तो भिसामा कामको ग्यारेन्टी हुँदैन र काम स्वयं व्यक्तिले खोज्नु पर्छ ।

‘सीपयुक्त कामदार’ भएकोले यहाँको सरकारले पनि त्यस्तै अपेक्षा गरेको हुन्छ । यसमा एउटा महत्वपूर्ण कुरा के बिर्सनु हुँदैन भने नेपाल र डेनमार्कको शिक्षा प्रणाली, पढाइ, र प्रावाधिक शिक्षा सिकाइ अनि त्यसको गराई पूर्णतया फरक रहेको हुन्छ । नेपालमा जस्तो हुन्छ डेनमार्कमा पनि उही किसिमको प्रणाली हुन्छ भन्ने सोचाइ गलत हो । ग्रीन कार्डमा सायद अझै पनि नेपालीहरु आउँदै हुनुहुन्छ होला उहाँहरुको लागि बुझ्नुपर्ने कुरा के हो भने ग्रीन कार्ड अन्तर्गतको स्किममा आए पनि कोठा, काम आदिको जोहो आफै गर्नुपर्छ ।

कतिपय नेपालीहरुले यही उच्च अध्ययन (स्नातकोत्तर) अध्ययन सके पश्चात ‘ग्रीन कार्ड’ पाउनको लागि आवेदन दिएका छन्, यसको लागि पनि धेरै ‘क्राइटेरिया’ तोकेका कारण अहिले ‘ग्रीन कार्ड’ पाउन धेरै नेपालीले झन्झट बेहोर्नु परेको छ । आफूले स्नातकोत्तर अध्ययन सकेको कलेज वा विश्वविद्यालय विदेशी सम्बन्धनको हो भने ‘क्राइटेरिया’ पुग्दैन र यहाँको स्थानीय भाषा परीक्षा पास र आईईएलटीएस पास (६.५) प्राप्त गर्नु जरुरी छ तर डेनमार्कको विश्वविद्यालयबाट स्नातकोत्तर गर्नेले सोझै ‘ग्रीन कार्ड’ पाउने गर्दछन् । त्यसकारण अहिले आउने नयाँ विद्यार्थीहरुले आफू कुन कलेजमा वा विश्वविद्यालयमा आउंदै छु भन्ने ख्याल गर्नु जरुरी हुन्छ ।