नीजि विद्यालयहरुले एक महिनाको शुल्क मिनाहा नगरे भोलिदेखि आन्दोलन

0 6

काठमाडौं, जेठ २८– बिनाशकारी भुकम्पसँगै विद्यालयहरु बन्द भएपनि शुल्क भने लिने नीजि विद्यालयहरुले बताएपछि विद्यार्थी संगठनहरुले आपत्ती जनाएका छन् ।

महाविपत्तिपछि मारमा परेका अभिभावकलाई केही भए पनि राहत दिनका लागि भन्दै विद्यार्थी संगठनहरुले चर्को दवाव दिँदै आएका छन् ।
तर, विद्यार्थी संगठनहरुको माग विपरित विद्यालयहरुले कुनै पनि हालतमा शुल्क बृद्धि फिर्ता लिन नसकिने बताउँदै आएका छन् ।

दुई पक्षीय विवादका बीच विद्यार्थी संगठनहरुले सरकारले आज मागको सम्बोधन नगरे भोलीबाट आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले विद्यार्थी संगठन र शिक्षामन्त्रीबीच भएको छलफलमा माग पुरा गराउनको लागि एक दिनको समय मागेपछि आफूहरुले पर्खिएको जानकारी दिँदै आजपनि माग पुरा नभए चुप लागेर बस्न नसकिने बताए ।
उनले गत बैशाख ६ गते शिक्षा मन्त्रालयसँग भएको १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा रहेको बेला फेरि नीजि विद्यालयहरुको अर्को अडानले विद्यार्थी आन्दोलनको सामु नयाँ चुनौति थपिएको बताए ।

विद्यार्थीहरुले माग पुरा नभए शैक्षिक संथाहरुमा आमहड्ताल गर्ने सम्मका कायक्रमहरु तय गरेर अगि बढ्ने तयारी गरेको बुझिएको छ ।
यसैबीच विद्यार्थीहरुले शुल्क मिनाहको अभियान चलाएपछि अभिभावकहरुले समेत उनीहरुलाई साथ दिने बताइएको छ ।