बिहेका लागि चलचित्र भन्दा बाहिरकै जोडी खोज्छन् कलाकार

0 10

राजेशदेखि आर्यनसम्म, जसले रोजेनन् चलचित्र क्षेत्रकै सहयात्री

केही अनुहारलाई छाड्ने हो भने नेपाली चलचित्रका कलाकारहरुले आफ्नै क्षेत्रका सहकर्मीसँग बिबाह बन्धनमा बाधिएको खासै भेटिदैन । यो बर्ष केही कलाकारले बिहे गरे । गतबर्ष त बिहेको मौसम नै थियो, नेपाली चलचित्रका लागि ।

तर, बिहे गर्ने अधिकांशले चलचित्र क्षेत्र भन्दा परका मानिस रोजेका थिए । ५० बर्षको उमेरमा बिहे गरेका नायक राजेश हमालले चलचित्र क्षेत्र भन्दा बाहिरकी यूवती रोजे । हुनत, राजेश पत्नी मधु भट्टराइले आफ्नो करिअरको सुरुवात मोडलिङबाट नै गरेकी हुन्, तर पनि उनी यो क्षेत्रमा खासै सक्रिय थिइनन् । aryan-and-sapana

नायक आर्यन सिग्देलले पनि चलचित्र क्षेत्र भन्दा बाहिरकै यूवती बिहे गरे । सपना भण्डारी चलचित्र क्षेत्रसँग जोडिएकी यूवती थिइनन् । हुनत, नेपाली कलाकारको नाम काम गर्दाको समयमा कोही न कोहीसँग जोडिएको हुन्छ । नायकको सम्बन्ध नायिकासँग, नायिकाको नायक वा निर्माता-निर्देशकसँग जोडिएका छन् । तर, बिहेको समयमा भने उनीहरुले आफ्नो क्षेत्र भन्दा बाहिरकालाई रोजेका छन् । rejina--suraj
नायिका रेजिना उप्रेतीले पनि चलचित्र क्षेत्र भन्दा बाहिरका यूवकसँग बिहे गरिन् । नायिकाहरुको रोजाइमा धेरैजसो यूवक व्यवसायी वा विदेशमा बस्दै गरेका एनआरएन देखिएका छन् । नायिका झरना बज्रचार्यले पनि एक विदेशी यूवकसँग बिहे गरिन् ।harshikha-and-prsun
वुधबारमात्र बिहे गरेकी नायिका हर्षिका श्रेष्ठले कोलकत्ताका एक व्यक्ती रोजिन् । प्रसुन झुनझुनवालासँग बिहे गरेकी उनको नाम यही क्षेत्रमा कार्यरत कलाकर्मीसँग जोडिएको थियो ।

नायिका प्रियंका कार्कीले बिहे गरेका यूवक पनि चलचित्र क्षेत्र भन्दा बाहिरका थिए । तर, पछि उनीहरुको डिभोर्स भयो । नायिका अरुणिमा लम्सालले पनि चलचित्र क्षेत्र भन्दा बाहिर काम गर्ने यूवकको साथमा बिहे गरिन् । अहिले उनी अमेरिका पुगिसकेकी छिन् ।

गायिका रजिना रिमालले पनि मंगलबार व्यवसायी विवेक श्रेष्ठसँग बिहे गरिन् । नायिका विपना थापा पनि लामो समयसम्म यो क्षेत्रमा काम गरेर भारतमै बिहे गरेर उतै छिन् । नायिका यूना उप्रेतीको पनि चलचित्रमा काम गर्दा यही क्षेत्रका मानिसहरुसँग नाम नजोडिएको होइन । तर उनले बिहे भने अमेरिकाका एक एनआरएनसँग गरिन् ।

नायिकाद्धय स्वेता भट्टराई र प्रकृती श्रेष्ठले पनि यही क्षेत्रका यूवक रोजेनन् । प्रकृतीले अष्ट्रेलियामा बस्दै गरेका नेपाली रोज्दा स्वेताले फरक क्षेत्रका यूवक रोजिन् ।

नायक रमेश उप्रेतीले पनि चलचित्र क्षेत्र भन्दा बाहिरकै यूवतीसँग बिहे गरे । ५० बर्ष लागेपछि बिहे गरेकी कलाकार मिथिला शर्माले पनि यो क्षेत्र भन्दा बाहिरकै मानिस खोजिन् ।

यस्ता कैयौ कलाकार छन्, जसको नाम यो क्षेत्रमा काम गरिराख्दा यही क्षेत्रका मानिसहरुसँग जोडिन्छ । तर, उनीहरु बिहेका लागि भने एउटै क्षेत्रका सहकर्मी खासै रुचाउँदैनन् । तर, निखिल उप्रेती, संचिता लुइटेल, झरना थापा, दिया मास्के, अनुप बराल, स्वेता खड्का, स्वर्गिय श्रीकृष्ण श्रेष्ठ, कृष्ण मल्ल, शर्मिला मल्ल, ऋचा घिमिरे लगायतका कलाकार भने अपवादमा नै पर्छन् ।

-Source:Onlinekhabar