भूकम्पका कारण लक्ष्यभन्दा ३३ अर्ब कम राजस्व

0 7

२८ जेठ, काठमाडौं । बिनासकारी भूकम्पले सरकारले उठाउने राजस्वमा गंभीर असर पुर्‍याएको छ । भूकम्पका कारण चालू आर्थिक वर्षमा लक्ष्यभन्दा करिब ३३ अर्ब रुपैयाँ कम मात्रै राजस्व उठ्ने अर्थ मन्त्रालय र योजना आयोगका अधिकारीहरु बताउँछन् ।
‘यो वर्ष ४ खर्ब २३ अर्ब रुपैयाँराजस्व असूलीको लक्ष्य थियो । तर, अर्थ मन्त्रालयले ३ खर्ब ९० अर्ब रुपैयाँ भन्दा बढी राजस्व असूल हुन नसक्ने बताएको छ ।’ राष्ट्रिय येाजना आयोगका सदस्य डा. स्वणिर्म वाग्लेले भने ।
भूकम्प पीडितका लागि ल्याइएका राहत सामाग्रीमा भन्सार छुट गरिएको र भूकम्पका कारण महिना दिन व्यावार व्यावसाय ठप्प रहेकाले लक्ष्यअनुसार राजस्व उठाउन नसकिएको वाग्लेले बताए ।
केही दिनयता राजस्व लगाउन थालिएको उनले जानकारी दिए । ‘कतिपयले राहत सामाग्रीमा कर लगाएर सरकारले पाप गरेको भन्दै हामीलाई फोन पनि गर्छन् । तर कर नउठाई त सरकार कसरी चल्ने ?’ उनले भने ।