भारतसँग ठूलो सहयोगको अपेक्षा छः अर्थमन्त्री

0 8

२८ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले भारत सरकारसँग नेपाल सरकारले ठूलो सहयोगको अपेक्षा रहेको बताएका छन । भारत भ्रमण्मा रहेका मन्त्री महतले बुधबार भारतीय विदेशमन्त्री शुस्मा स्वराजसँग उनकै निवासमा भएको भेटमा यस्तो बताएका छन ।

सरकारले बिनासकारी भूकम्पले क्षतिग्रस्त संरचना पुननिर्माणका लागि सहयोग जुटाउने उद्देश्यले आगामी असरा १० गते हुने अन्तराष्ट्रिय दाता सम्मेलन गर्दैछ । सो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता दिन महत भारत गएका हुन ।

विदेशमन्त्री स्वाराजसँगको भेटमा अर्थमन्त्री डा महतले यो महाविपतका लागि नेपालको तयारी कमजोर भएपनि उद्दार तथा राहतमा पूर्ण शक्तिको परिचालन गरी प्रभावकारी ढंगले काम गर्न सकेको जानकारी दिए ।

महतले ३ हजारभन्दा बढीलाई हेलिकोप्टरबाट अस्पतालमा पुर्‍याइएको, २२ हजारभन्दा बढी घाइतेको निशूल्क उपचार गरिएको जानकारी दिए । पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने भन्दै उहाँले छिमेकी मुलुक भारतबाट पनि ठूलो सहयोगको अपेक्षा गरेको महतले बताए ।

‘यो विपतको घडीमा प्रधानमन्त्री मोदीले काठमाडौं पुगेर अवलोकन गर्नुहुनेछ र नेपालीलाई हौसला प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।’ महतले भने ।

भारतीय विदेशमन्त्रीस्वाराजले छिमेकीका हैसियतले यो विपतको बेलामा नेपाललाई सहयोग गर्न भारत तयार रहेको बताइन ।

सो भेटघाटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय तथा दूतावासका अधिकारीहरु र भारतको विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरका साथै अन्य अधिकारीहरु उपस्थित थियो ।