प्रयोग नभएर औषधि थन्किए

0 15

२८ जेठ, विराटनगर । कतै मेडिसन नभएर जनताले स्वास्थ्य सेवा लिन पाएका छौनन । कतै दाताले दिएको औषधी प्रयोग नहुदा अस्पतालमा नै त्यतिकै खेर गएको छ ।

 

सामान्य जीवनजल समेत नपाएर जीवन मरनको दोसाँधमा सर्वसाधारण पुग्ने गरेको भएपनि कोशी अञ्चल अस्पतालमा भने सात महिनादेखि दाताले दिएको औषधी प्रयोगबिहीन भएर थन्किएको छ ।

सरकारले निःशुल्क रुपमा उपलव्ध गराएको शिरिन्ज कोशी अञ्चल अस्पतालको लापार्वाही कारण प्रयोग बिहीन बनेको छ । सेवाग्राहीलाई निःशुल्क रुपमा वितरण गर्न अस्पताललाई प्राप्त लाखौ रुपैंयाको सिरिन्ज त्यातिकै खेरा गएको हो । अस्पतालले विरामीलाई समेत प्रयोगका लागि नदिँदा प्रयोग गर्ने मिति रहेका  सिरिन्ज अस्पतालको ओपीडी शाखामा थन्किन पुगेको छ । अव्यवस्थित रुपमा राखिएका सिरिन्ज अस्पताललाई सात महिना अघि प्राप्त भएको हो । बिरामीलाई निःशुल्क प्रदानका लागि आएका सिरिन्ज बिरामीले नपाएपछिे बिरामीले भने बाहिरका औषधि पसलबाट सिररिन्ज खरिद गरेर चलाउनु पर्ने बाध्यता छ ।

बीडी सोलोमेड  कम्पनीका ती सुई सन् २०१६ अगस्त महिनासम्म प्रयोग गर्न सकिने उल्लेख गरिएको छ । दुई सय कार्टुन सुई माथिल्लो र भुइँतल्लामा राखिएको अस्पतालले जनाएको छ । अस्पतालका मेसु रोशन पोख्रेलले माग नै नगरी केन्द्रीय मेडिकल स्टोर पथलैयाबाट पठाइएका सुईको प्रयोग नै हुन नसकेको जानकारी दिए । भण्डारण गर्न ठाउँ नै नभएपछि ओपीडीको माथिल्लो तल्ला र अन्यत्र सिरिन्ज थन्काउनु परेको उनले वताए । उनले के कसरी यो सिरिन्ज आएको भने वारेमा आफुलाई पनि पुर्ण जानकारी समेत नभएको वताउदै भने -‘हामीले विभिन्न कारणले सिररिन्ज प्रयोगमा ल्याउन सकेनौं ।’

अस्पतालमा दैनिक ६ सयको हारहारीमा  बिरामी आउने गरेका छन तरपनि अस्पताललेे सो शिरिन्ज प्रयोगमा नलाई अन्यन्त्रबाट किन्न लगाउने गरेको छ ।

– Source:Onlinekhabar