चट्याङ लागेर चेपाङको मृत्यु इनारमा डुबेकी उर्मिलाको मृत्यु

0 4

२८ जेठ, चितवन ।चितवनको विकट सिद्धी गाविसमा चट्याङ लागेर एक जनाको मृत्युभएको छ ।

सिद्धी गाविसको वडा नम्बर २ बस्ने स्थानीय ४५ वर्षीय लोकबहादुर चेपाङको चट्याङ लागेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बुधबार राति हावाहुरीसहित वर्षा भएका बेला यहाँ चट्याङ परेको र सो क्रममा चट्याङ लागेर ४५ वर्षीय लोकबहादुरको घटनास्थलमै मृत्युभएको प्रहरीले जानकारी दिएको छ ।

इनारमा डुबेर महिलाको मृत्यु

त्यस्तै इनारमा डुबेर महोत्तरीको भरतपुर गाविसमा एक महिलाको मृत्यु भएको छ ।

इनारमा डुवेर भरतपुर गाविस–४ बस्ने लखन साहकी ४५ वर्षीया श्रीमती उर्मिलादेवी साहको बुधबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

केही दिनदेखि मानसिक अवस्था बिग्रिएको उर्मिलाको गएराति करिब १२ बजे भरतपुर–३ स्थित देवेन्द्र यादवको इनारमा खस्दा मृत्यु भएको हो ।

अत्यधिक गर्मीका कारण सबैजना अबेर रातिसम्म घर बाहिरै बस्ने गरेकामा उर्मिला अँध्यारोका बेला इनारमा खसेको र उनको मृत्यु भएको प्रहरी निरीक्षक मछिन्द्र केसीले बताए ।