२८ जेठ, काठमाडौं । क्रिष्टियानो रोनाल्डो युरोपको सर्वाधिक ‘मार्केटेबल फुटबलर’ बनेका छन् । रिपुकमले युरोपका सर्वाधिक मार्केटेबल फुटबलरको सूची सार्वजनिक गरेको छ । रियल मडि्रड तथा पोर्चुगलका स्ट्राइकर रोनाल्डो ७७.१६ अंकका साथ शीर्ष स्थानमा छन् । सर्वोक्षणका अनुुसार विश्वका ८३ प्रतिशत मानिसलाई रोनाल्डोबारे जानकारी छ । जसमा ८० प्रतिशत पुरुष छन् भने ८५ प्रतिशत महिला छन् । रोनाल्डोले विज्ञापनबाट पनि बाषिर्क ३० देखि ३५ मिलियन युरो कमाउँछन् । वायन रुनी दोस्रो स्थानमा छन् । उनले ५८.०१ अंक मात्र पाएका छन् । विश्वका ५४ प्रतिशत मानिसले मात्र इंग्लिस फुटबलर रुनीका बारेमा सुनेका छन् । युरोपको सर्वाधिक ‘मार्केटेबल फुटबलर’को सूचीमा च्याम्पियन्स लिगको फाइनलमा दुई महत्वपूर्ण खेलाडी आन्द्रे इनिस्टा र आन्द्रे पिर्लो पनि परेका छन् ।Ronaldo रिपुकमको सूचीमा आन्द्र इनिस्टा तेस्रो, रोविन भानपर्सी चौथो, आर्जेन रोबिन पाँचौं स्थानमा छन् । आन्द्रे पिर्लो छैटौं, ओजिल सातौं, मारियो गोट्जे आठौं, ग्यारेथ बेल ननौं र इडेन हजार्ड दशौं स्थानमा छन् । सूचीमा लिओनल मेस्सीलाई भने समावेश गरिएको छैन । युरोपमा फुटबल खेल्ने भएपछि अर्जेन्टिनी भएकाले उनलाई नराखिएको हो । रिपुकमका अनुसार मेस्सीलाई सूचीमा राखिएको भए उनलाई रोनाल्डोले जित्ने थिए । मेस्सीबारे विश्वका ७४ प्रतिशत मानिसलाई जानकारी छ भने उनको देश अर्जेन्टिनामा ९९ प्रतिशतले उनलाई चिन्छन् ।

0 8

२८ जेठ, काठमाडौं । क्रिष्टियानो रोनाल्डो युरोपको सर्वाधिक ‘मार्केटेबल फुटबलर’ बनेका छन् । रिपुकमले युरोपका सर्वाधिक मार्केटेबल फुटबलरको सूची सार्वजनिक गरेको छ । रियल मडि्रड तथा पोर्चुगलका स्ट्राइकर रोनाल्डो ७७.१६ अंकका साथ शीर्ष स्थानमा छन् ।

सर्वोक्षणका अनुुसार विश्वका ८३ प्रतिशत मानिसलाई रोनाल्डोबारे जानकारी छ । जसमा ८० प्रतिशत पुरुष छन् भने ८५ प्रतिशत महिला छन् । रोनाल्डोले विज्ञापनबाट पनि बाषिर्क ३० देखि ३५ मिलियन युरो कमाउँछन् ।

वायन रुनी दोस्रो स्थानमा छन् । उनले ५८.०१ अंक मात्र पाएका छन् । विश्वका ५४ प्रतिशत मानिसले मात्र इंग्लिस फुटबलर रुनीका बारेमा सुनेका छन् ।

युरोपको सर्वाधिक ‘मार्केटेबल फुटबलर’को सूचीमा च्याम्पियन्स लिगको फाइनलमा दुई महत्वपूर्ण खेलाडी आन्द्रे इनिस्टा र आन्द्रे पिर्लो पनि परेका छन् ।Ronaldo

रिपुकमको सूचीमा आन्द्र इनिस्टा तेस्रो, रोविन भानपर्सी चौथो, आर्जेन रोबिन पाँचौं स्थानमा छन् । आन्द्रे पिर्लो छैटौं, ओजिल सातौं,
मारियो गोट्जे आठौं, ग्यारेथ बेल ननौं र इडेन हजार्ड दशौं स्थानमा छन् ।

सूचीमा लिओनल मेस्सीलाई भने समावेश गरिएको छैन । युरोपमा फुटबल खेल्ने भएपछि अर्जेन्टिनी भएकाले उनलाई नराखिएको हो ।
रिपुकमका अनुसार मेस्सीलाई सूचीमा राखिएको भए उनलाई रोनाल्डोले जित्ने थिए । मेस्सीबारे विश्वका ७४ प्रतिशत मानिसलाई जानकारी छ भने उनको देश अर्जेन्टिनामा ९९ प्रतिशतले उनलाई चिन्छन् ।

– Source:onlinekhabar