एसएलसीका १७ हजार परीक्षार्थी अयोग्य

0 5

२८ जेठ, काठमाडौ । गत चैतमा सम्पन्न ०७१ सालको एलएलसी परीक्षामा झण्डै १७ हजार अयोग्य परीक्षार्थी सहभागी भएको पाइएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार पौने ६ लाख परीक्षार्थी मध्ये करिब १७ हजार परीक्षार्थी अयोग्य पाइएका हुन् ।

७५ प्रतिशत हाजिरी नपुगेका र परीक्षा फारम भरेर परीक्षामा अनुपपस्थित भएकालाई परीक्षा नियन्त्रण कार्यालयले अयोग्यको सूचीमा राखेको छ । पनिकाले हाजिरी नपुग्ने र अनुपस्थितको संख्यासमेत यकिन गर्न लागेको छ । त्यसैगरी एक हजार पाँच सय परीक्षार्थी निस्काशितमा परेका नयाँ पत्रिकामा खबर छ ।

२०७१ सालको एसएलसी परीक्षामा सहभागी हुन नियमित र एक्जाम्टेड गरी पाँच लाख ७४ हजार ६ सय ८५ विद्यार्थीले आवेदन फारम भरेका थिए । तीमध्ये १७ हजार अयोग्य पाइएका हुन् ।

एसएलसीमा नियमिततर्फ चार लाख २६ हजार दुई सय १४ र एक्जाम्टेडतर्फ एक लाख ४५ हजार एक सउय ८३ परीक्षार्थी थिए । पहिलो पटकको प्राविधिक एसएलसीतर्फ तीन हजार दुई सय ८८ जना परीक्षार्थी छन् । कुल पाँच लाख ७४ हजार ६ सय ८५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

– Source:onlinekhabar