लोग्ने मान्छेको नभएको घरमा राति घुसेर आमा-छोरीको सामुहिक बलात्कार

0 1

काठमाडौं,  । पुरुष मान्छे रोजगारीका बाहिर गएका बेला एक्लै घरमा बस्दै आएका एक परिवारका आमा छोरीमाथि सामुहिक बलात्कार भएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेश स्थित अमरोहा के हसनपुर इलाकामा पाँच जनाको समुहले रातको समयमा घरमा घुसेर आमाछोरीलाई सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।राति करिब १ बजेतिर घरको झ्याल फोडेर भित्र छिरेका पाँच जनाले पालैपालो आमा छोरीको मुख थुनेर बलात्कार गरेर भागेका थिए । बलात्कारपछि बेहोस भएका आमाछोरीलाई विहान स्थानीय देखेर अस्पताल लगेका थिए । यो परिवारका पुरुष मान्छे रोजगारीका सिलसिलामा विभिन्न सहरमा छन् ।

gan-rappedप्रहरीले पाँच जनाविरुद्ध जबरजस्तीकरणी ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ । अहिले आमा छोरीको निजी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको भएको नजिकैको गाउँ काला खेडाका पाँच जनाले सामुहिक बलात्कार गरेको पत्ता लगाएको छ ।पाँचै जना अहिले फरार छन् । बलात्कारमा संलग्न पाँचै जनाको खोजी भइरहेको उत्तरप्रदेश क्षेत्रीय प्रहरीले जनाएको छ । यो घटनापछि यहाँका अधिकारकर्मीले महिला सुरक्षाको माग गरेका छन् ।

You might also like More from author