शूल्क मिनाह नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी

0 9

२७ जेठ, काठमाडौं । प्रमुख दलहरुसम्बद्ध सहितका ११ विद्यार्थी संगठनले भूकम्पको बेला विद्यालय बन्द भएको समयको शूल्क मिनाह नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।

प्रमुख दलहरुआवद्ध विद्यार्थी संठगनहरुको बैठकले वैशाख ६ गते भएको सहमति कार्यान्वयनको माग गरेको छ । साथै भूकम्पले अध्ययन नभएको एक महिनाको शुल्क मिनाह गर्न शैक्षिक संस्थाहरुलाई आग्रह गरेको छ ।

नभए शैक्षिक हड्ताल गर्ने र त्यसबाट उत्पन्न हुने समस्याको जिम्मा सम्वन्धित पक्षले नै लिनु पर्ने विद्यार्थी संगठनहरुले बताएका छन् । शैक्षिक हड्तालको चेतावनी दिनेमा कांग्रेस, एमाले, एमाओवादी, बैद्य माओवादीसहितका विद्यार्थी संगठन छन् ।

 

– Source:onlinekhabar