सौर्यले असार ७ देखि नेपालगञ्ज उडान सुरु गर्ने

0 5

२७ जेठ, काठमाडौं । सौर्य एयरलाइन्सले असार ७ गतेदेखि नेपालगञ्जमा नियमित उडान सुरु गर्ने भएको छ । कम्पनीले नेपालगञ्जका लागि सहुलियत भाडादर ५३ सय रुपैयाँ तोकेको छ ।

नेपालगञ्जमा दैनिक एउटा उडान गर्न लागेको सौर्यले जनाएको छ । पछि माग बढ्दै गएमा उडान थप्दै जाने सोर्यका बजार प्रमुख मुकेश खनालले जानकारी दिए ।

सोर्यले अहिले माउन्टेन फ्लाइट, विरानगर, भद्रपुर र भैरहवा उडान भर्दै आएको छ । एक महिनाभित्र नयाँ जहाज भित्राउने तयारीमा रहेको सौर्यले धनगढीमा पनि उडान विस्तार गर्ने बताएको छ ।

सौर्यले पचास सिट क्षमताको क्यानेडियन जेट इञ्जिन जहाजबाट सेवा प्रदान गर्दै आएको छ । यो जहाज भद्रपुर, नेपालगञ्ज, धनगढीजस्ता लामो दुरीको यात्राका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।

-source:onlinekhabar