राप्रपा नेपालका नेता लावतीको निधन

0 7

२७ जेठ, काठमाडौं । राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको ७६ वर्षको उमेरमा बुधवार निधन भएको छ ।

मुटु र मिर्गौला रोगबाट पीडित पूर्वमन्त्री लावतीलाई नर्भिक अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । पञ्चायतकाल र बहुदलीय व्यवस्थामा समेत पटक-पटक मन्त्री बनेका लावती नेपाली राजनीतिको पछिल्लो कालखण्डमा त्यति सक्रिय थिएनन् ।

यद्यपि उनले कमल थापासँग असहमत हुँदै केही समयअघि मात्र समानान्तर पार्टी गठनको प्रयास गरेका थिए ।

पाँचथर जिल्लाबाट पञ्चायत र बहुदलमा समेत सांसद जितेका लावतीका छोरा सगुन लावती राप्रपा नेपालका नेता हुन् भने बुहारी बबिना मोक्तान राप्रपा नेपालबाटै सभासद छिन् ।

छोराहरु विदेशमा रहेकाले शनिबार मात्रै अन्तिम संस्कार हुने पारिवारिक स्रोतले जनाएको छ ।

– Source:onlinekhabar