स्टेशनरी पसलमा लाइसेन्स छ्याप छ्याप्ती

0 6

२७ जेठ, चितवन । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) यातायात कार्यालयबाट जारी हुनुपर्ने हो । तर, चितवनमा स्टेशनरी पसलमै छ्याप छ्याप्ती पाइएको छ ।

चितवन प्रहरीले सदरमुकाम भरतपुरका बिभिन्न स्थानबाट नक्कली लाइसेन्स बनाउने गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शहिदचोकस्थित नमस्ते स्टेशनरी सेन्टरका सञ्चालक चितवन भरतपुर उपमहानगरपालिका-१३ का ३० वर्षीय दिलिप श्रेष्ठ, सोही पसलका कर्मचारी भरतपुर उपमहानगरपालिका-५ का २४ वर्षीय विनोद श्रेष्ठ, वडा नम्बर २ की २२ वर्षीया प्रतिमा श्रेष्ठ, १९ वर्षीया सिजन जोशी, १७ वर्षीय लेविन जोशी र सफल चुके तथा कविलास गाविस १ का २१ वर्षीय अफजल मिया छन् ।

त्यसैगरी एटुजेड प्रिन्टिङ सेन्टरका सञ्चालक भरतपुर उपमहानगरपालिका ११ का २७ वर्षीय धर्मपाल विक, वडा नम्बर ११ का १७ वर्षीय हेमन्त श्रेष्ठ र गोरखा फिनाम गाविस ८ का २५ वर्षीय शिव थापा पनि पक्राउ परेका छन् ।

उनीहरुबाट नक्कली सरकारी छाप, लाइसेन्स, नागरिकताका प्रतिलिपि, विद्यार्थी परिचयपत्र, कम्प्युटर, प्रिन्टरलगायतका सामान समेत बरामद भएको छ ।

पक्राउ परेका व्यक्ति र उनीहरुबाट बरामद भएका सामानहरु बुधबार चितवन प्रहरीले पक्राकार सम्मेलन गरी सार्बजनिक गरेको छ ।

उनीहरुलाई सरकारी छाप किर्ते मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरिक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

सो समूहले सक्कली लाइसेन्सको स्टिकर नक्कली लाइसेन्समा प्रयोग गर्ने तथा सरकारी कागजपत्र र छाप किर्ते गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक रुगम कुँवरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक थापाले धेरैजसो नक्कली लाईसेन्स र लोगो निकालिएका पुराना लाईन्सेन्स बरामद भएकाले अन्य व्यक्तिहरुको संलग्नताबारे समेत अनुसन्धान भईरहेको जानका

source:onlinekhabar