हात्ती आक्रमणबाट दुई महिलाको मृत्यु

0 2

दमक, जेष्ठ २७ – इलामको चुलाचुलीमा हात्तीको आक्रमणबाट बुधबार बिहान दुई महिलाको ज्यान गएको छ । चुलाचुली-६ की ४१ वर्षीया प्रितिमाया लिम्बू र  चालाचुली-४ की धनमाया लावतीको हातीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी चौकी चुलाचुलीका सइ दिवाकर कटुवालका अनुसार बिहान ५ बजेतिर धारामा पानी लिन जाँदै गर्दा प्रितीमायालाई हात्तीले आक्रमण गरेको हो भने धनमायालाई आगन बढार्दै गर्दा आक्रमण गरेको थियो ।

पश्चिमबाट आएको हात्तीले सोही ठाउँमा रन्जन लिम्बूलाई समेत आक्रमण गरेको तर उनी  भागेर बच्न सफल भएका छन् । नेपाली सेना,प्रहरी र स्थानीयबासिन्दाले हात्ती लखेटेर पूर्व जंगलतिर धपाएका छन् । गाउँका दुईजना महिलाको मृत्यु भएपछि चुलाचुलीमा अहिले शोक र त्रास छाएको स्थानीय पत्रकार छवि ढकालले जानकारी दिएका छन् ।

You might also like More from author