काठमाडौंमा ज्याकी च्यान(फोटो फिचर)

0 5

काठमाडौं, जेष्ठ २६ – हलिउड सुपरस्टार ज्याकी च्यानले  जावलाखेलस्थित अपाङ्गता भएका व्यक्ति राखिएको शिविरमा अाज राहत वितरण गरेका छन् । उनी राहत कार्यक्रममा सहभागि हुन काठमाडौं आइपुगेका हुन्। उनी एयर चाइनाको बिमानबाट आज ११:२७ मा काठमाडौं ओर्लिएका ज्याकी हाेटल सोल्टीपछि जावलाखेल पुगेका थिए ।

रेडक्रस सोसाइटी अफ चाइनासँग मिलेर ज्याकी च्यान च्यारिटेबल फाउन्डेसनले नेपालका भूकम्प पीडितको लागि सहयोग गरिरहेको छ । ज्याकीसँगै रेडक्रस सोसाइटी अफ चाइनाको टिम पनि आइपुगेको छ ।

ज्याकी राहतको लागि ५०० बाकस सामग्रीसहित काठमाडौं आइपुगेका हुन् । ती बाकसहरु भूकम्प पीडितहरुलाई वितरण गरिनेछ । बाकसमा रेनकोट, ब्रस, तौलिया, चप्पल, कुसन, सरसफाईको सामग्रीलगायत सामग्री छन् ।

उनले ललितपुरको विभिन्न स्थानमा भूकम्प पीडितको लागि राहत वितरण गर्ने कार्यक्रम छ । उनले सांकेतिकरुपमा केही परिवारलाई राहत वितरण गर्नेछन् ।  जावलाखेलस्थित अपाङ्गता भएका व्यक्ति राखिएको शिविरका साथै ललितपुरको च्यासल र सिद्धिपुरस्थित सानागाउँमा उनले राहत वितरण गर्ने कार्यक्रम रहेको नेपाल रेडक्रस सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।

एक्सन स्टारको रुपमा चिनिने उनी नेपालमा समेत लाेकप्रिय छन् । एक्सन कमेडी फिल्मबाट सफलता पाएका ज्याकी आजै साँझ हङकङ फर्किने कार्यक्रम छ ।

 

 

source:ekantipur