भोलिदेखि मस्यौदा लेखन अघि बढ्यो संविधान निर्माण प्रक्रिया

0 8

काठमाडौं , जेष्ठ २७ – संघीयतासहितका मुख्य विवादित विषयमा प्रमुख दलहरूबीच १६ बुँदे समझदारी भएको भोलिपल्टै संविधानसभाले सहमतिमै संविधान बनाउने प्रक्रिया अघि बढाएको छ । संविधानसभाको मंगलबारको बैठकले संविधानका सबै विवादित विषयमा सहमति कायम गर्ने निर्देशनसहित संविधानसभामा विचाराधीन सबै विषयलाई संवैधानिक राजनीतिक, संवाद तथा सहमति समितिमा पठाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।