सेनालाई आयो दुई एमआई-१७ हेलिकप्टर

0 12

काठमाडौ, जेष्ठ २६ – नेपाली सेनाको प्रयोजनका लागि दुइटा एमआई-१७ हेलिकप्टर मंगलबार राजधानी आइपुगेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार रुसबाट २ वटा पछिल्लो संस्करणको एमआई-१७ भी-५ नयाँ हेलिकप्टर ल्याइएको हो ।

सरकारको निर्णयअनुसार २०७० कात्तिक १४ गते सेनालाई सुरक्षा र प्रतिरक्षाका लागि आवश्यक २ वटा हेलिकप्टर खरिद गर्न स्वीकृति प्रदान भएको थियो । त्यसबेला बेग्लै ‘नेपाली सेनाका लागि हेलिकप्टर खरिदसम्बन्धी कार्यविधि’ पारित गरी खरिद प्रक्रिया अगाडि बढाइएको थियो ।