संविधान जारी हुनासाथ प्रधानमन्त्री छाड्छुः कोइराला

0 5

काठमाडौ , जेष्ठ २७ – प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाट संविधान जारी हुनासाथ आफूले पद त्याग गर्ने बताएका छन् । चार राजनीतिक दलबीच सोमबार संविधानका विषयमा भएको सहमतिबारे जानकारी गराउन संविधानसभा भवन नयाँ बानेश्वरमा डाकिएको संसदीय दलको बैठकमा कोइरालाले संविधान जारी भएलगतै आफूले सरकारको नेतृत्व छाड्ने जानकारी दिएका हुन् ।