विपक्षी मोर्चा दुई गुटमा विभाजित

0 10

– वसन्त बस्नेत,सरोजराज अधिकारी

काठमाडौ , जेष्ठ २७ – विपक्षी ३० दलभित्रका प्रमुख दल एमाओवादी, फोरम लोकतान्त्रिकलगायत एकातिर, मधेसी जनअधिकार फोरम नेपाल, तराई-मधेस लोकतान्त्रिक पार्टीसहितका दलहरू अर्कातिर । सिंहदरबारमा मंगलबार गजबको दृश्य देखियो, दोस्रो संविधानसभा चुनावदेखि सोमबारसम्म सँगै यात्रारत उनीहरू मंगलबारदेखिएउटै भवनको चौथो र दोस्रो तल्लामा बेग्लाबेग्लै बैठकमा बसे ।