राहतका ५ हजार पोका बोकेर ज्याकी चाङ काठमाडौंमा (फोटो फिचर)

0 3
काठमाडौं: मार्सल आर्ट्सका ज्ञाता तथा हलिउडका चर्चित अभिनेता ज्याकी चाङ मंगलबार काठमाडौं आएका छन्। भूकम्प प्रभावितलाई सहयोग गर्न उनी नेपाल आएको बताइएको छ।स्रोतका अनुसार एयरपोर्टबाट उनी होटल सोल्टी पुगेका छन् ।
ज्याकी चाङ रेडक्रस सोसाइटी चाइनाले नेपालका भूकम्प प्रभावितलाई उपलब्ध गराएका राहत सामग्री लिएर  काठमाडौं आएका हुन् । उनीले पाँच हजारवटा हाइजेनिक किट ल्याएका छन् । त्यसमा कपडा र सरसफाइका समान छन्।
जाउलाखेल, सानागाउँ, च्यासललगायतका स्थानमा पुगेर उनले आफै राहत सामगी्र वितरण गर्ने कार्यक्रम छ । डिनर लिएर आजै राति फर्किने कार्यक्रम छ।

– Source:Annapurna Post