नहुने मामा भन्दा कानो मामा निको : बाबुराम

0 4
काठमाडौं : एमाओवादीका नेता डा.बाबुराम भट्टराईले संविधानका विवादमा सम्झौता आजको आवश्यकता भएको बताएका छन्।
सहमतिका लागि बालुवाटारमा बैठक भइरहेका बेला नेता भट्टराईले सोमबार राति साढे ८ बजे सामाजिक सञ्जालमा भनेका छन्, संविधानबारे ४ दल वीच आज भएको सहमति ‘नहुने मामा भन्दा कानो मामा निको’ भने जस्तो हो!’

उनले सम्झौतामा सबै चित्त बुझाउन कठिन हुने बताउँदै भनेका छन्, ‘सम्झौता भनेकै सबैलाई चित्त नबुझ्ने कुरा हो!तर यो आजको आवश्यकता हो। सबैले धैर्य गरौं!’

– Source:annapurnapost