एकैदिन २७ न्यायाधीशले अवकास पाउँदै

0 4

काठमाडौ, जेष्ठ २५ – पुनरावेदन तहका २७ अस्थायी न्यायाधीश एक वर्षे पदावधि सकेर मंगलबारबाट बाहिरिँदैछन् । गत वर्ष जेठ २५ गते एक वर्षे कार्यकालका लागि दोस्रो पटक न्याय परिषदबाट अस्थायीकै लागि नियुक्त उनीहरुलाई कानून व्यवसायीहरु मध्येबाट छनोट गरी न्याय परिषदले २०७० जेठ २७ गते पुनरावेदनमा लगेको थियो ।

तत्कालिन प्रधान न्यायाधीश दामोदरप्रसाद शर्माले आफ्ना भतिज मनोज शर्मालाई नियुक्त गर्ने शर्तमा राजनीतिक भागवण्डाका आधारमा विभिन्न दलसँग आवद्ध अधिवक्ताहरुलाई नियुक्त गरेपछि उनी विवादमा समेत परेका थिए । नियुक्त हुनु लगत्तै आठ न्यायाधीशहरु एमाले पार्टी कार्यालय बल्खुमा धन्यवाद दिन पुगेका समेत थिए । नेपाल बार एशोसिएसनले कोही खराब भए तिनको नविकरण खारेज गरेर असललाई नियुक्त गर्न परिषदलाई आग्रह गरेको छ ।