टर्कीमा राष्ट्रपतिको पार्टी १३ वर्षपछि अल्पमतमा

0 13

२५ जेठ, काठमाडौं । टर्कीमा सत्तारुढ एके पार्टी १३ वर्षमा पहिलोपटक संसदीय निर्वाचनमा बहुमत ल्याउन विफल भएको छ । बहुमतका लागि २७६ सिट आवश्यक पर्नेमा एके पार्टीले २५८ सिट मात्रै ल्याएको छ ।

निर्वाचनमा दुई तिहाई मत ल्याएर अझै शक्तिशाली हुन चाहेका राष्ट्रपति रेचेप तैयप अर्दोगानलाई यो मत परिणामले झट्का लागेको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री अहमेत दाव्तोलुले चुनावी नतिजा स्वीकार्दै जनताले गरेको निर्णय सही भएको प्रतिक्रिया दिएका छन् ।

मिलिजुली वा अल्पमतको सरकार

सन् २००३ मा प्रधानमन्त्री हुँदै सत्तामा आएका अर्दोगान गत वर्ष राष्ट्रपति चुनिएका थिए । उनले संसदीय निर्वाचनमा बहुमत हासिल गरेर देशमा राष्ट्रपति शासन लागू गर्ने तयारी गरेका थिए ।

बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो पार्टीको साख जोगाउन सफल एके पार्टीले अब अल्पमतको सरकार वा अरु कुनै दलसँग मिलेर मिलिजुली सरकार बनाउनु पर्ने भएको छ ।

निर्वाचनमा १० प्रतिशत थ्रेसहोल्डको व्यवस्था गरिएको थियो । सो मतसीमालाई पार गर्दै एचडी पार्टीले संसदमा स्थान बनाउन सफल भएको छ । उसले वामपन्थी, पर्यावरणवादी र समलिंगीहरुको मन जितेको बताइएको छ ।

सलाहात्तीन देमिरतासको पार्टी एचडी संसदमा स्थान बनाउन सफल हुनु र १३ बर्षसम्म लगातार बहुमतमा रहँदै आएको एकेपी अल्पमतमा खुम्चिनु दुबैलाई आश्चर्यजनक मानिएको छ । निर्वाचन परिणामले राष्ट्रपतिको पार्टी एकेका समर्थकहरु निराश देखिएका छन् । नेता-कार्यकर्ताहरुले पार्टीको साख गुम्नुको कारण खोज्न थालेको बीबीसीले जनाएको छ ।Selahattin-Demirtas-Turki

नयाँ विहानी

यो चुनावी नतिजाले टर्कीका डेढ करोड कुर्दहरुको भावना सम्वोधन हुने अपेक्षा गरिएको छ । कतिपयले कुर्द समुदायका लागि यो चुनावी परिणाम नयाँ विहानीको रुपमा आएको टिप्पणी गरेका छन् ।

दक्षिण पूर्वी टर्कीमा ३० वर्षदेखि अलग कुर्दिस्तानको माग गर्दै संघर्ष जारी छ । यस संघर्षमा ४० हजार जनाको मृत्यु भैसकेको छ

source:onlinekhabar