रामेछापको गरजाङदेखि देवीटारसम्म १३२ केभी प्रशारण लाइन बन्ने

0 3

२५ जेठ, रामेछाप । नेपाल विद्युत प्राधिकरणले रामेछापको गर्ज्याङ देखि खिम्तिसम्म १३२ केभीको प्रशारण लाइन तान्ने भएको छ । रामेछापको चुचुरेमा निर्माण हुन लागेका जलविद्युत आयोजनाहरुलाई केन्द्रीय प्रशारण लाईनमा जोड्न प्राधिकरणले सो आयोजना सञ्चालनमा ल्याउन लागेको हो ।
ramechhap
नेपाल विद्युत प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागको आयोजनमा रामेछापको रस्नालुमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सो जानकारी दिइएको हो ।

कार्यक्रममा दिएको जानकारी अनुसार सो आयोजना अर्न्तगत रामेछापको चुचुरे, ठोसे, रस्नालु, बेताली, नामाडी र फुलासी गाविसमा प्रशारण लाइन पर्नेछ ।

त्यस्तै दोलखाको शहरे र च्यामा गाविस तथा जिरी नगरपालिका त्यसको प्रभावमा पर्नेछन् । रामेछापको चुचुरे गाविसस्थित गर्जाङमा नयाँ सवस्टेसन निर्माण गरी खिम्ति सवस्टेसनसम्म लाइन विस्तार गरिनेछ ।

करिव ३० किलोमिटर लामो सो प्रशारण लाइन विस्तार गरिनेछ । करिव ३० किलोमिटर लामो सो प्रशारण लाइनमा ४९ वटा एङ्गल टावर रहने छन् । प्रशारण लाइनमा करिव १ सय वटा टावर रहनेछन् ।

प्रशारण लाइनमा करिव १ सय वटा टावर रहने छन् । २ वर्ष भित्र निर्माण हुने सो योजनाको कुल लागत ७७ करोड ७८ लाख रुपैयाँ रहेको छ  ।
कार्यक्रममा बोल्दै दोलखाका सभासद एवं एमाले पोलिटव्युरो सदस्य पशुपति चौलागाईले रामेछाप र दोलखाको पानीलाई सदुपयोग गर्न सक्ने हो भने दुवै जिल्ला सम्पन्न हुने बताए ।

रामेछापकी एमाले सभाषद कमला सुवेदीले सरकारले विद्युतको नयाँ नीति ल्याई त्यसमा नागरिकहरुलाई पनि सहभागिता गराउनु पर्नेमा जोड दिए । कार्यक्रममा मध्यमान्चल क्षेत्रिय प्रशासक रामकुमार आचार्य, रामेछापका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, उर्जा मन्त्रालयका इश्वरीदत्त पनेरु लगायतले बोलेका थिए । कार्यक्रम गाविस सचिव श्याम श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

रामेछाप जिल्लाकेा चुचुरे गाविसमा ३ वटा जलविद्युत आयोजना निर्माण हुँदैछन् । जस अर्न्तगत १२ र ७ मेगावटको माथिल्लो खिम्ति र खिम्ति १ आयोजनाको निर्माण कार्य तिब्र गतिमा भई रहेको छ ।

हिमालय हाइड्रोपावर प्रालिले ३ वर्ष भित्र ती आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने कम्पनिका प्रवन्धक प्रकाश दुलालले जानकारी दिए ।

-source:onlinekhabar