अर्जेन्टिनाको जितमा एग्युरोको हृयाट्रिक

0 6

काठमाडौं । सर्जिओ एग्युरोको हृयाट्रिकको मदतमा अर्जेन्टिनाले मैत्रिपूर्ण फुटबलमा बोलिभियालाई पराजित गरेको छ ।

कोपा अमेरिको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रिपूर्ण फुटबलमा बोलिभियामाथि ५-० को जित हात पारेको हो । अर्जेन्टिनाको जितमा एग्युरोले तीन गोल गरे भने एन्जल डि मारियाले दुई गोल गरेका छन् ।

२५ औं मिनेटमा डि मारियाले गोलको खाता खोलेका थिए । २९ औं मिनेटमा एग्युरोले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

दुई मिनेटपछि नै उनले व्यक्तिगत दोस्रो गोल गरे भने ५१ औं मिनेटमा एग्युरोले हृयाट्रिक पुरा गरे । खेलको ५५ औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई ५-० को अग्रता दिलाए ।

खेलमा थप गोल हुन सकेन र अर्जेन्टिना ५-० ले विजयी भएको छ ।

source:onlinekhabar