‘हिम्मत भए एमालेले अविश्वास ल्याएर सुशीललाई हटाए हुन्छ’

0 10
धनकुटा : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको नेतृत्व एमाले निकै हतारिएको आरोप लगाउँदै अविश्वासको प्रस्ताव ल्याएर सुशील कोइरालालाई हटाउन चुनौती दिएका छन् ।
धनकुटामा प्रेस युनियनको पत्रकार सम्मेलनमा कोइरालाले भने, एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नुभन्दा हिम्मत भए अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्रीलाई हटाए हुन्छ ।
कोइरालाले वर्तमान प्रधानमन्त्री सुशीलले एमालेले माग्दैमा राजीनामा दिन नहुने बताए । उनले भने, अविश्वास प्रस्ताव ल्याएर कांग्रेसको नेतृत्व हटाएमा कांग्रेस प्रतिपक्षमा बस्न तयार छ ।
उनले एमालेले बनाउने सरकारमा कांग्रेस सहभागी नहुने बताउँदै भने, हामी एमाले नेतृत्वको सरकारमा सहभागी हुँदैनौं तर प्रतिपक्षमा बसेर संविधान निर्माणमा सहयोग पुर्‍याउँछौं । उनले अरु शक्तिलाई मिलाएर एमालेले सरकार बनाएर कांग्रेस खुसीसाथ प्रतिपक्षमा बस्ने बताए ।
कांग्रेस एमालेले संघियताका बिषयमा स्पष्ट भएकोले अब एमाओवादी र मधेसी मोर्चा तयार भए संविधान चाँडै घोषण हुने बताए ।

– Source:annapurnapost