राहत कोषमा चार अर्ब पचपन्न करोड बढी

0 8

भूकम्पपीडितको सहयोगका लागि सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आजसम्म रु चार अर्ब ५५ करोड ७६ लाख १४ हजार नौ सय ७९ दाखिला भएको छ ।

स्वदेशी तथा विदेशी विभिन्न व्यावसायिक प्रतिष्ठान एवम् सङ्गठित संस्थाले आज मात्र रु एक करोड १५ लाख १९ हजार एक सय १६ जम्मा गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कोषमा रकम दाखिला हुने क्रम जारी छ ।