अति प्रभावित ३ जिल्लाका केही वस्ती नै सार्नुपर्ने

0 12
नेपाल प्रहरीले ३  वटा अति प्रभावित जिल्लाका केही वस्ती  सार्नुपर्ने बताएको छ । प्रहरी प्रधान कार्यालयमा आज पत्रकार सम्म्लन गर्दे प्रहरी प्रवक्ता कमलसिंह बमले गोरखा, सिन्धुपाल्चोक र दोलखा जिल्लाका केही वस्ती नै प्रतिस्थापन गर्नुपर्ने बताए । ती वस्ती पहिरोको उच्च जोखिममा परेको उनले बताए ।
साथै प्रहरीले बर्षायाम शुरु हुने अवस्था रहेकोले त्यसबाट  हुनसक्ने बिपदका लागि पुर्व तयार गर्नुपर्ने भन्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराएको छ । भूकम्प पछि प्रहरी अधिकारीहरुले त्यसबारे छलफल गर्न बोलाएको बैठकमा पनि यी विषयहरुमा छलफल भएको बमले बताए ।