संविधान नबनेसम्म सरकार परिवर्तन हुँदैन: पौडेल

0 7

चितवन, जेठ २४ – नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माण नभएसम्म सरकार परिवर्तन नहुने ठोकुवा गरेका छन् । संविधान लेखन पहिलो आवश्यकता भएको बताउादै उपसभापती पौडेलले राष्ट्रिय विपतको वेला राष्ट्रिय सरकारको कुरा चल्नु स्वभाविक भएको बताए ।

 

आज भरतपुर विमानस्थनलमा संञ्चारकर्मीहरु कुराकानी गर्दै पौडेलले राष्ट्रिय सरकारको कुराहरु उठिरहेको भएपनि राष्ट्रिय सरकारभन्दा अहिले संविधान निर्माणको काम पहिलो प्राथमिकता भएको जिकिर गरे ।

‘संबिधान निर्माण गर्ने क्रममा अगाडी बढ्नुपर्ने समयमा राष्ट्रिय सरकार परिवर्तनको कुरा जोड्न हुँदैन,’ उनले भने, ‘परदेशको विषयमा पनि दलहरुबीच चलेको छ । दलहरुबीच संविधानका मुख्य विवादित विषय राज्य पुर्नसंरचनाका विषयमा पनि सहमति हुन लागेको छ । दलहरु ६ प्रदेशको नजिक पुगेका छन् । यो समयमा जतीसक्दो छिटो संविधान निर्माणको पाटोलाई सक्न जरुरी छ ।’

दलहरुका लागी अहिलेको समय अग्नि परिक्षाको समय भएको उनले वताए । महाभुकम्पबाट ध्वस्त भौतिक संरचनाको पुनर्निर्माण अहिलेको मुख्य चुनौति रहेकाले पुर्ननिर्माण गर्दा विभिन्न मापदण्डको ख्याल गर्नुपर्ने उनको भनाई थियो ।

उनले भने,– “अबका संरचनाहरु ‘सात स’ लाई ध्यानमा राखेर, सुरक्षित, स्वस्थर, सुविधायुक्त, सस्तो, सजिलो, स्थिर र सहज संरचनाहरुको निर्माण गरिनुपर्छ ।” पुराना गाउंहरुको अवधारणालाई नै पछ्छाउंदै हिंड्नु भन्दा सिटी भिलेजको अवधारणासहित धेरै समयसम्म टिकाउ हुने र २१ औं शताब्दीदाई सुहाउने खालमा भौतिक संरचनाहरुको निर्माण गर्नुपर्ने उनले बताए ।