भूकम्पमा परि १६ जना प्रहरी र सेनाको मृत्यु

0 5
भूकम्पमा परि नेपाल प्रहरी, सशस्त्र र सेनाका गरी १६ जनाको मृत्यु भएको छ। २ सय १५ जना घाइते भएका छन्। नेपाल प्रहरीका ६, सशस्त्र प्रहरीका १ र नेपाली सेनाका ९ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता कमलसिंह बलमे जानकारी दिए।
मृत्यु हुनेमा दरबारमार्गमा कार्यरत प्रहरी नायव निरिक्षक गोपाल पौडेल, कोदारीमा कार्यरत प्रहरी हवल्दार समशेर नेपाली, टीकाभैरवमा कार्यरत हरिकृष्ण भारती, काठमाडौं प्रहरी परिसरमा कार्यरत रामलाल चौधरी, रसुवामा कार्यरत प्रहरी जवान मनोज मिश्र र बालकोटका कार्यकरत सदर रिजाल रहेका छन्। त्यस्तै नेपाल प्रहरीका १ सय ८३ र सशस्त्रका ३२ जना घाइते भएका छन्।