घरै ठगी गरेर बेच्ने पुष्पा प्रहरीको फन्दामा

0 3

२०७२ जेष्ठ २४ आईतवार 214 पटक पढिएको

 1

 1

फोटो :ठगीमा संलग्न भनिएकी पुष्पा दाहाल। तस्बिर : नेपाल प्रहरी
काठमाडौं :  करोडौं पर्ने घर नै ठगी गरेर बेचेको अभियोगमा एक महिला प्रहरीको फन्दामा परेकी छन् ।

म्याग्दी अर्थुङ्ग गाविस घर भई काठमाडौंमा बस्दै आएका मनोज कुमार श्रेष्ठलाई करोडौं ठगेको अभियोगमा चितवनको गर्दी गाविस–६ की पुष्पा दाहाल आइतबार पक्राउ परेकी हुन् ।

रकमको आवश्यकता पूरा गर्न श्रेष्ठले डेढ करोड रुपैयाँ पर्ने घर दाहालसँग ६५ लाख रुपैयाँ ऋण लिई एक वर्षमा फिर्ता दिने शर्तमा पुष्पालाई राजीनामा पास गरिदिएका थिए ।

गर्दी गाविसका बसन्त शर्मा र उनकी पत्नी पुष्पाले श्रेष्ठलाई ६५ लाख रुपैयाँ ऋण दिई आफ्नो नाममा घर बनाएपछि बेपत्ता भएका थिए ।

लिएको ऋण फिर्ता गर्न घरधनी श्रेष्ठले दम्पत्तिको खोजी गर्ने क्रममा आफ्नो घर नै अर्कैलाई बेचिसकेको थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए ।

दम्पत्तिले काठमाडौं महानगरपालिका–३१ मा रहेको एक करोड ५० लाख मुल्य पर्ने साढे ४ तले घर एक करोड ८० लाख रुपैयाँमा अर्कैलाई बेचेको थाहा पाएपछि श्रेष्ठको होस उडेको थियो ।

त्यसैगरी तिनै दम्पत्तिले काठमाडौंको गोलढुङ्गा गाविस–३ का राम प्रसाद अर्याललाई २० लाख र पाचँथरको अमरपुर गाविस–१ घर हुने केशर बहादुर अधिकारीलाई अर्काको नामको जग्गा आफ्नै ५० लाख बैन लिएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दुबै घटनामा पुष्पाले ठगी गरेको पुष्टि भएपछि सुनसरी बक्लौरी गाविस–३ माइतीघर भएकी उनलाई महानगरी प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ ।

– Source:annapurnapost

You might also like More from author