फेरि अर्को भुकम्पको धक्का

0 5
काठमाडौं : आइतबार बिहान सिन्धुपाल्चक केन्द्रबिन्दु भएको भूकम्प गएको छ ।

बिहान ११ बजेर २ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रे, दोलखा र काठमाडौं उपत्यकामा पनि महसुुस भएको थियो ।

यसअघि शनिबार राति १० बजेर ४५ मिनेटमा दोलाखालार्इ केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।