भूकम्पपीडित दृष्टिविहीनलाई राहत सामग्री वितरण

0 3

धादिङ, २३ जेठ । धादिङका भूकम्पपीडित दृष्टिविहीन ४१ परिवारलाई घर बनाउन प्रति घरधुरी १२ फुटको १० थान जस्तापाता र आवश्यक फलामे डण्डी वितरण गरिएको छ ।

नेपाल नेत्रहीन सङ्घ केन्द्रीय समिति र जिल्ला कार्यसमिति धादिङ ह्वाविटेट फर ह्यमेनिटी नेपालले सो राहत सामग्री वितरण गरेको हो । यस्तै ३० जना दृष्टिविहीनलाई सेतो छडी र ३० वटा रेडियो वितरण गरिएको थियो ।

धादिङबेँसीमा आज आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष रमेश पोखरेल, बलदेवी पोखरेलले सो राहत सामग्री वितरण गर्नुभएको हो ।