लाङटाङमा ५३ मानव कङ्काल भेटिए

0 3

धुन्चे : वैशाख १२ गतेको भूकम्पपछि हिमपहिराले लाङटाङ गाउँ पुरिँदा हराइरहेकामध्ये थप ५३ जनाको मानव कङ्काल फेला परेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेलका अनुसार पछिल्लो पटकको खोज उद्धारबाट फेला परेकामध्ये तीन जना विदेशी भएको अनुमान गरिएको छ ।

पहिलो चरणको खोज र उद्धारमा भने एक सय २८ जनाको शव फेला परेको थियो । हाल एक सय ८३ लाङ्टाङवासीसमेत गरी करिब तीन सय ३३ जना हराइरहेको स्थानीय ङेरुप लामाको पूर्वअनुमान छ । अहिलेसम्म पहिरोले कति पुर्यो भन्ने यकिन तथ्याङ्क आउन सकेको छैन ।

अहिलेसम्म एक सय ५० लाङ्टाङवासीको मात्र शव भेटिएको लाङटाङका समाजसेवी सुब्बा तामाङले जानकारी दिए ।

नेपाली सेनाको महावीर गण (रेन्जर) र नारायण दल गणको टोलीले शवको खोजी द्रुतरुपमा गरिरहेको गणपति लक्ष्मण थापाले बताए ।