नेपालमा सबैभन्दा बढी हेरिने वेबसाइटहरु ?

0 4
अमेरिकाको क्यालिफोर्नियामा रहेको अम्याजन डटकमको विश्वभरीका  वेबसाइटहरुको कमर्सियल वेब ट्राफिक डाटा उपलब्ध गराउने साइट अलेक्जा डटकमका अनुसार यस हप्ता नेपालमा अत्याधिक हेरिने वेबसाइटको सूचीमा पहिलो नम्रबमा पर्छ फेसबुक डटकम ।
यो एक सामाजिक संजाल हो जसमा जोडिएर आफ्ना साथीहरुबिच विचार सेयर गर्न का साथै कुराकानी पनि गर्न सकिन्छ । दोस्रो नम्बरमा पर्छ गुगल डटकम यो एक सर्च इन्जिन हो, जसले इन्टरनेट प्रयोगकर्तालाई अन्य बिभिन्न साइट मा भएका सामग्रीहरु एकै ठाँउबाट खोज्न सघाउँछ ।
तेस्रो नम्बरमा पर्छ गुगल डटकम डट एनपी यो पनि गुगलकै नेपाली संस्करण हो । चौथो नम्बरमा युट्युब डटकम पर्छ जसमा विश्वभरिबाट यसका प्रयोगकर्ताले अपलोड गरेका भिडियो तथा प्रत्यक्ष प्रशारणहरु हेर्न सकिन्छ ।
पाँचौ नम्बरमा पर्छ अनलाइन खबर डटकम,  यो नेपाली अनलाईन पत्रिका हो  ।
छैटौ नम्बरमा पर्छ सेतोपाटी डटकम यो पनि नेपाली भाषाको अनलाइन पत्रिका हो यसको आफ्नै अङ्ग्रेजी संस्करण पनि छ र केही महिना अगाडि ग्लोबल इडिसन र किनमेल  पनि संचालनमा ल्याएको छ ।
सातौ नम्बरमा पर्छ इकान्तिपुर डटकम यो कान्तिपुर राष्ट्रिय दैनिक (कान्तिपुर मिडिया ग्रुप) को  अनलाइन संस्करण  हो यो नेपाली र अङ्ग्रेजी दुबै भाषामा उपलब्ध छ  ।
त्यस्तै आठौ नम्बरमा पर्छ ट्वीटर डटकम या सोसल नेटवर्किङ साइट हो जसमा छोटा विचारहरु लेख्न सकिन्छ ।
नवौं नम्बरमा पर्छ व्लग स्पोट डटकम यो एक व्लगिङ साइटहो जुन गुगल द्वारा संचालित छ यसमा अकाउन्ट बनाएर वेबसाइट जस्तै देखिने सबडोमेन मा आधारित व्लग बनाउन सकिन्छ। डोमेन किन्न र होस्टिङ नगरि वेबपेज बनाउन चाहनेहरुले यसको प्रयोग गर्न सक्छन् ।
दशौ नम्बरमा पर्छ याहु डटकम मुख्यतया यो निशुल्क इमेल सेवा दिने वेबसाइट हो। यसका साथै यसले पनि गुगलको जस्तै सर्च इन्जिनको काम गर्नु को साथै यसमा समाचारहरु पनि हेर्न सकिन्छ ।
अर्को रोचक कुरा के पनि छ भने नेपालमा  गएको भुकम्पका कारण राष्टिय भुकम्प मापन केन्द्रको वेबसाइट सिस्मो नेपाल डट जीओभी डट एनपी पनि यस महिना नेपालबाट अत्याधिक हेरिएका वेबसाइटको सुचिमा १६औं नंबरमा परेको छ ।
विश्वको सूचीमा टपटेन वेबसाइटः
१.गुगल डटकम २.फेसबुक डटकम ३. युट्युव डटकम ४.याहु डटकम ५. बैदु डटकम (चिनिया भाषको सर्च इन्जिन) ६. अमेनजन डटकम(अनलाइन सपिङ साइट) ७. विकिपेडिया डट ओआरजी(निशुल्क आर्टिकलहरु उपलब्ध गराउने साइट) ८. टाउबाउ डटकम(चिनिया अनलाइन सपिङ वेबसाइट) ९. ट्विटर डटकम १०. क्यु क्यु डटकम
नेपालका समाचार साइटहरुः
बिश्व भरि अत्यधिक हेरिने वेबसाइटहरुको सूचीमा  नेपालको अनलाइनखबर डटकम ६१३९ औं नम्बरमा छ । इकान्तिपुर डटकम नेपालबाट हेरिने सूचीमा सेतोपाटी डटकम भन्दा पछाडि भए पनि विश्व सुचिमा भने सेतोपाटी डटकम भन्दा करिब १००० स्थान अगाडि ७४७१ औं स्थानमा छ  ।
सेतोपाटी डटकम ८६६४औं नंबरमा छ । नागरिक न्युज डटकम विश्वको ११६८३ औं नम्बरमा परेको छ ।  नेपालमा हेरिने सूचीको १३औं नम्बरको अन्पुर्ण पोस्टको वेबसाइट विश्व सूचीको १८३१३औं नम्बरमा छ । नेपालमा हेरिने १४ औं नम्बर सूचीकाे रातोपाटी डटकम १८७३४ औं नम्बरमा छ ।