काठमाडौं केन्द्रबिन्दु भएको भूकम्प

0 4
काठमाडौं : शुक्रबार दिउँसो काठमाडौं उपत्यका केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्प गएको छ ।

दिउँसो २ बजेर १६ मिनेटमा काठमाडौं केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

मापन केन्द्रका अनुसार थानकोट भन्दा माथि बांड भञ्ज्याङस्थित त्रिभुवन राजपथ नजिकै केन्द्रबिन्दु भएर भूकम्पको कम्पन गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा समेत महसुस भएको छ ।

शुक्रबार बिहान १० बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।