निजी क्षेत्रको छाता संगठनलाई लाग्यो चुनाव

0 3
काठमाडौं : राज्यको पाँचौं अंग मानिने नीजि क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्षको चुनावको चटारो सुरु भएको छ। करिब आधा शताब्दि पुरानो संस्थाको नेतृत्व ग्ल्यामरसमात्र होइन चुनौतिपुर्ण पनि छ।
बैशाख १२ गतेको महाभूकम्प तथा त्यसपछि लगातारका पराकम्पनले जग नै हल्लाएको अर्थतन्त्रलाई कठिन समयमा नेतृत्व गर्न कम्मर कसेर लागेका आकांक्षीहरु सकेसम्म चुनाव नगरी सर्बसम्मत गर्ने मुडमा देखिएका छन्।
व्‍यावसायीहरु यदि सर्बसम्मत हुन नसकेमात्र चुनावमा जाने मानसिकता बनाइ रहेका देखिन्छन्। कार्यबाहक अध्यक्ष पशुपति मुरारकाका अनुसार नेपाल उद्योग वाणिज्य महासंघमा यसपटक विशेष परिस्थिती परेकोले सर्वसम्मत हुने संभावना छ।
सर्वसम्मत बनाउन आफु जस्तोसुकै त्याग गर्न तयार रहेको भन्दै उनी अन्तिम समयसम्म पनि ब्यवसायीहरु सर्वसम्मतीका नेतृत्वकोलागी मिहेनत गर्ने बताउँछन्। महाभूकम्पका कारण देश संकटमा परेको समयमा महासंघलाई एकताबद्ध गर्न पनि अध्यक्ष निर्विरोध चुन्ने प्रयास थालिएको मुरारका बताउँछन्।
जेठ १३ गते नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको बैठकले महासंघको अध्यक्ष पद रिक्त भएको घोषणा गर्दै महासंघको रिक्त अध्यक्ष पदको निर्वाचन असार १८ गते शुक्रवार गर्ने निर्णय गरेको थियो।
गत वर्ष चैतमा भएको निर्वाचनबाट नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रदिपजंग पाण्डे अध्यक्षमा निर्वाचित भएका थिए। तर उनी ३३ वर्ष पुरानो भ्रष्टाचारको मुद्दामा मुछिएका कारण अध्यक्ष पद रिक्त भएको हो।
पद रिक्त भएपछि वरिष्ठ उपाध्यक्ष पशुपती मुरारकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन्। तर, उनी धेरै लामो समयसम्म कार्यवाहक बन्नु राम्रो सन्देश नजाने हुनाले चुनावद्धारा नयाँ अध्यक्षको ओजि सुरु भएको हो।
विभिन्न समूह उपसमूह बनाएर छदफलमा ब्यस्त ब्यवसायिहरु सर्वसम्मत नेता छान्ने फर्मुलाको खोजिमा ब्यस्त रहेको एक ब्यवसायिले बताए।
उनका अनुसार नेतृत्वको दौडमा भाष्करराज राजकर्णिकारदेखि भवानी राणा र दिनेश श्रेष्ठसम्म रहेको ब्यवसायीहरु बताउॅछन्।
सर्वसम्मत हुन सके पुर्व अध्यक्षमध्ये केहि आफनो पालो फेरि एकपल्ट आउने आशामा पनि रहेका छन्, एक ब्यवसायीले बताए।
प्रजातन्त्रमा आवधिक चुनाव हुनु राम्रो कुरा हो। त्यसले नेतृत्व विकास तथा संस्थालाई झन् बलियो बनाउँछ। तर, साँंघुरिदो अर्थतन्त्र र नेतृत्वको संकटपुर्ण अवस्थामा चुनाव हुन लागेको भने यो पहिलोपल्ट हो।
यसपटकको चुनावले नीजि क्षेत्रमा ध्रुवीकरण बढाएर कमजोर हुने कि एकढिक्का भएर सरकारसंग हातेमालो गर्दै आर्थिक उन्नतीको आधारशिला तयार पार्ने त्यसको छिनोफनो गर्नेछ।
त्यतिमात्र होइन, यसपटकको नेतृत्प चयनको अभ्यास अर्थतन्त्रमा ७० प्रतिशत योगदान रहेको नीजि क्षेत्रको परिक्षा पनि हो। करिब आधा शताब्दि पुरानो संस्थाको नेतृत्व ग्ल्यामरसमात्र होइन चुनौतिपुर्ण पनि छ।