युवतीले पतिकै घरमा अर्को बिहे गर्न जन्ती बोलाएपछि…

0 6

धनकुटा – हङकङ आईडी भएको प्रलोभन देखाउँदै डेढ वर्षभित्रमा तीनजनासँग विवाह गर्ने एक युवती तेस्रोपटक अन्मिनुअघि पक्राउ परेकी छिन् । मोरङको याङशिलाका २२ वर्षीय विक्रम राईसँग मंगलबार धुमधाम बिहे गर्ने तयारीमा रहेकी २६ वर्षीया निशा राई सोमबार धरानबाट पक्राउ परेकी हुन् । प्रहरीका अनुसार निशाले धरानको मन्दिरमा फूलमाला गरी विक्रमलाई धनकुटाको खोकु गाविसस्थित पहिलो पतिका घरमा जन्ती लिएर आउनु भनेकी थिइन् । आफूसँगै हङकङको आइडी रहेको भन्दै निसाले यसअघि धनकुटा खोकु २ का २४ वर्षीय धनेन्द्र राई र जिल्लाकै बूढीमोरङ ९का सन्तोष लिम्बूसँग बिहे गरिसकेकी थिइन् । पहिलो पति धनेन्द्रले हङकङ जाने प्रक्रिया मिलाउन भन्दै निशाले डेढ वर्षमा १८ लाख रुपैयाँ आफूबाट ठगेको बताए । धनेन्द्र र निशाको विवाह दर्ता २०७० माघ ६ गते खोकु गाविसमा भएको थियो । पहिलो विवाह भएको एक महिनापछि बूढीमोरङका सन्तोष लिम्बूसँग २०७० फागुन १५ गते विवाह दर्ता भएको थियो । विवाह दर्ता प्रमाणपत्रमा खोकु गाविसमा दुलहीको नाम र ठेगाना जिल्लाकै डाँडाबजार ४ र थर राई लेखिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । –