सिन्धुपाल्चोकको यमुनाडाँडामा हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु (फोटोसहित)

0 3

-Source: Rato Pati

सिन्धुपाल्चोक, जेष्ठ १९ – सिन्धुपाल्चोकको यमुनाडाँडामा हेलिकप्टर दुर्घटनामा परेको छ ।

सिन्धुपाल्चोक प्रहरीले दिएको जानकारी अनुसार सिला पर्वत जंगलमा माउन्टेन एयरको  9N-AJP हेलिकप्टर दुर्घटनामा परेको हो ।  बलेफीबाट १ किलोमिटर टाढा रहेको  घटनास्थलमा चार जनाको शव भेटिएको छ । मृतकहरुमा गुमाउनेमा हेलिकप्टरका क्याप्टेन सुबेक श्रेष्ठ,  सन्दिप महत, शेरबहादुर कार्की हल्याण्डकी नागरिक  जेसिका छन्। महत र कार्की  चिकित्सक हुन् भने  जेसिका नर्स  हुन्।

माउन्टेन हेलिकप्टर नेपालका दावा फिन्जो लामाका अनुसार हेलिकप्टरका क्याप्टेन  श्रेष्ठ केही समयअघि मात्र क्याप्टेनमा बढुवा भएका थिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कायम मुकायम महाप्रवन्धकheli विरेन्द्रप्रसाद श्रेष्ठले हेलिकप्टर दुर्घट्ना बिजुलीको तारमा ठोक्किएर  भएको बताए  ।

स्थानीयका अनुसार हेलिकप्टर निकै तलबाट आएको र तारमा  ठोक्किन पुगि आगलागी हुन सुरु भएको थियो ।  हेलिकप्टर दुर्घटनापछि जंगलमा भीषण आगलागी समेत भएको बताइएको छ ।

एमएसएफ नामक अाइएनजिअोले चलाएकाे स्वास्थ्य शिविरका लागि हेलिकप्टरले उडान गरिरहेकाे थियाे । मेडिकल टिमलाई लिएर फर्किँदा दुर्घटना भएकाे हाे ।

आजमात्रै सो हेलिकप्टरले बिहान ७ बजे र दिउसो १२ बजे सोहि ठाउँमा उडान गरेको भएपनि तेस्रो पटकमा भने दुर्घटना भएको हो ।

यसैबीच घटनास्थलबाट मृतकहरुको  शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएको छ । पोस्टमार्टम भोलि हुने जनाइएको छ ।

फोटो : देबकी श्रेष्ठ
heli crash (2)heli crash (4)heli crash (5)heli crash (6)