भूकम्पका घाइतेका लागि छुट्टै पुनस्र्थापना केन्द्र

0 3

२० जेठ, काठमाडौ । सरकारले विनाशकारी भूकम्पमा परी घाइते ब्यक्तिहरुका लागि छुट्टै पुनस्र्थापना केन्द्र स्थापना केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ । केही स्थानमा भने पुनस्र्थापना केन्द्र स्थापना गरी घाइतेलाई रेखदेख गर्ने काम पनि भइसकेको छ ।

विनासकारी भूकम्पबाट जटिल शल्यक्रिया गरेकामध्ये कतिपय घर, परिवार सम्पूर्ण गुमाएकाहरुलाई घर पठाउन नमिल्ने किसिमका घायते, निरन्तर फलोअपमा रहिरहनुपर्ने घाइते, घर पठाउँदा पनि घर जान नमान्ने लगायतका घाइतेका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छुट्टै पुनस्र्थापना केन्द्र खोली तिनीहरुको रेखदेख गर्न शुरु गरिसकेको गोरखापत्रमा खबर छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौको कीर्तिपुर र पोखरामा घाइतेहरुका लागि पुनस्र्थापना केन्द्र स्थापना गरेर रेखदेख गर्दै आएको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्रको भवनमा स्वास्थ्य मन्त्रालयले घाइते बिरामीका लागि पुनस्र्थापना केन्द्र सञ्चालन गरिसकेको छ । एक सय बेडको उक्त केन्द्रलाई दुई सय बेडमा विस्तार गरिने भएको छ ।

यस्तै पोखराको गि्रनपास्चर हस्पिटलमा पनि ५० बेडको पुनःस्थापना केन्द्र सञ्चालन गरी घाइतेलाई राख्न थालिसकेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विपत ब्यवस्थापन समितिका प्रवक्ता एवम् चिकित्सा महाशाखा प्रमुख डा.गुणराज लोहनीले भूकम्पबाट पीडित घाइतेहरुका लागि अन्य जिल्लाहरुमा पनि पुनःस्थापना केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

– Source: Online Khabar