स्कुटीसँगै युवतीको शव भेटियो

0 5
धरान: सुनसरीको धरान इटहरी सडक खण्डको चारकोशे जंगलमा स्कुटीमा सवार एक युवतीको टाउको  काटिएको अवस्थामा सोमबार बेलुका शव फेला परेको छ।
को १६ प ६०९२ नम्बरको स्कुटीमा सवार युवतीको चारकोशे जंगलको पानीपियाँ भन्दा केही माथिको सडक खण्डमा टाउको काटिएको अवस्थामा सडकमै शव फेला परेको प्रत्यक्षदर्शी दीलकुमार लिम्बुले बताए। घटना संकास्पद रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतीले घटनास्थल इलाका प्रहरी कार्यालय इटहरीको कार्यक्षेत्रमा पर्ने भएकाले आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय इटहरीलाई जानकारी गराइएको बताए। युवतीको पहिचान खुल्न सकेको छैन। शव पोष्टमार्टमका लागि धरान अस्पतालमा लगिएको छ।