भूकम्पले बीपी राजमार्गमा चिराचिरा

0 13
सिन्धुली : विनाशकारी भूकम्पका कारण अर्बौको लगानीमा निर्माण गरिएको बीपी राजमार्ग क्षतिग्रस्त भएको छ। सडक ठाउँ ठाउँमा चिराचिरा परेको छ भने सडकको केही भाग भासिएको छ।
जापानको अनुदान सहयोगमा निर्माणाधिन बीपी राजमार्गको सिन्धुली–नेपालथोक खण्ड भूकम्पले क्षतिग्रस्त भएको छ। भूकम्पका कारण ठाउँठाउँमा सडक क्षतिग्रस्त भएपछि सवारीसमेत अवरुद्ध भएको छ। ठाउँठाउँमा पहिरो झरेर बाटो अवरुद्ध भएको छ।सडक आसपासका सिङ्गो जमिननै फुटेर धस्सिएका कारण थप जोखिम बढेको छ।
भूकम्पले गर्दा विपी राजमार्गको दोस्रो खण्ड अन्तरगत सिन्धुली–खुर्कोटको ३६ किलोमिटर दुरीमा धेरै क्षति पुगेको उक्त राजमार्ग निर्माण आयोजनाका प्रमुख भरत काजी देवाजुले जानकारी दिए। उनका अनुसार उक्त खण्डमा चियाबारी देखी पिलभन्ञ्याङसम्ममा मात्र सात स्थानमा सडकमा क्षेती पुगेको छ ।
‘भुकम्पले त्यस स्थानमा सडक भास्सिएको छ। चिरा परेको छ। फुटेर फारेको छ चियाबारी पिपलभन्ञ्याङमा मात्र सात स्थानमा पूर्णरुपमा क्षेती पुगेको छ,’आयोजना प्रमुख देवाजुले भने। 
सोही खण्डको पिपलभन्ञ्याङ देखी खुर्कोट विचमा पनि आधा दर्जनबढी स्थानमा क्षेती पुगेको छ। ‘यसरी भुकम्पले क्षेती पुगेको स्थानमा अहिले ड्रइभर्सन बनाएर एक तर्फी सवारी सञ्चालन गराइएको छ,’देवाजुले भने ।
यस खण्ड सन् २००४ मा निर्माण सम्पन्न भएको थियो। यस्तै तेस्रो खण्ड अन्तरगत खुर्कोट–नेपालथोक खण्ड पनि भुकम्पबाट क्षेती पुगेको छ। तेस्रो खण्डको ३७ किलोमिटर दुरीमा पनि ठाउँठाउँमा पहिरो खसेर सडकमा क्षेती पुगेको उनको भनाई छ । खुर्कोट–नेपालथोक खण्डको ३७ किलोमिटर भने हालैमात्र निर्माण सम्पन्न गरिएको हो। यो खण्ड आयोजनाले नेपाल सरकारलाई समेत हस्तान्तरण गर्न सकेको छैन्।
महाविपत्तीले निर्माण नसकिदै आयोजनामा क्षति पुर्‍याएकोले त्यसलाई तत्काल पुनः निर्माण गर्न नसके झनै ठुलो क्षति निम्तने आयोजनको भनाइ छ ।सडक निर्माण भएको अधिकांश क्षेत्रको जमिन मास्सिने, चर्कीने र फुट्ने भएकाले नजीकीदै गएको वर्षातले समेत थप क्षेत्री पुर्‍याउन सक्ने सम्भावन बढेको छ ।
चिराचिरा परेर बसेको जमिनमा पानी पस्दा पुरै पाखो बग्ने सम्भावना भएकाले त्यस्ता जोखिमयुक्त स्थानको पहिचान गरी पुनः निर्माण र रोकथामका लागि आयोजना लागीपरेको पनि आयोजनाका प्रमुख देवाजुको भनाइ छ।
उनले भने, ‘यसका लागि आयोजनाले क्षेतीको विवरण संकलन गरी पुनः निर्माण र मर्मतका लागि प्राविधिक स्टमेट समेत तयार गरेर मित्रराष्ट जापान समक्ष पेश गरीसकेका छौं। सडकको क्षति बुझ्न जापानबाट ‘मे’ १४, २०१५ मा विशेषज्ञ टोली आउने भएका छन्।’सडक नेपाल सरकारलाई हस्तान्तरण गर्न नपाउँदै आइलागेको विपत्तीबारे जानकारी गराउँदै पुनः निर्माण तथा मर्मतका लागि आयोजनाले जापान सरकारसंग अनुरोध गरेको छ।
असार अगाडीनै उक्त सडकको मर्मत तथा पुनः निर्माण नथालीएर ठुलो क्षेती हुने भन्दै त्यसका लागी सबै पक्ष लागीपर्नु पर्नेमा जोड दिइएको छ ।भूकम्पबाट करीव ७ किलोमिटर सडकभने पुनः निर्माण गर्नु पर्ने अवस्था आएको उनको भनाई छ । यस राजमार्गको निर्माणका क्रममा प्रति किलोमिटर १८ करोड रुपैयाँसम्म खर्च भएको छ । हालको क्षतिलाई मात्र हेर्ने हो भनेपनि विपी राजमार्गमा ५ अर्ब बढीको क्षेती भएको छ।
पहिलो खण्ड अन्तरगत बर्दीवास–सिन्धुली खण्डपनि गत वर्षमात्र निर्माण सम्पन्न भएकोमा गत वर्षको वर्षातले पहिरो जाँदा क्षेती पुगेको छ । त्यस खण्डमा १७ बढी स्थानमा पहिरो गएको छ । दोस्रो खण्ड अन्तरगत पिपलभन्ञ्याङ र बारामा एकतर्फी यातायातका साधनहरु सञ्चालन गरिएको छ । भुकम्पले ढुङ्ग्रेभन्ञ्याङ पहिरो समेत बल्झेको छ। त्यस क्षेत्रमा पनि हालैमात्र आयोजनाले अराबौं रुपैयाँ लगाएर मर्मत तथा पहिरो रोकथमा गरेको थियो ।
वीपी राजमार्ग निर्माणमा हालसम्म २५ अर्व रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाकारी दिएको छ ।उता भुमकम्पले सडकमा क्षेती पुर्‍याएपछि जिल्लाबासी निरास भएका छन्। जिल्लाको विकासको भाग्यरेखा कोरेर निर्माण गरिएको उक्त राजमार्ग निर्माण नसकिदै क्षेदविक्षद भएपछि त्यसको दिर्घकालीन टिकाउ प्रति जिल्लाबासीमा चिन्ता थपीएको हो ।
यस मार्ग निर्माण संगै सिन्धुली, रामेछाप, काभ्रे लगायतका जिल्लाका नागरीक प्रतक्ष लाभान्वित भएका छन भने, नेपालको पुर्वी पहाडी जिल्लाका साथै तराईका जिल्ला र पहाडी जिल्लाका नागरीकलाई आवतजावत गर्न सहज भएको थियो ।यस मार्ग हुँदै अहिले दैनिक हजारौं ठुला तथा साना सवारी साधनहरु राजधानी काठमाण्डौं तथा तराईका जिल्ला आवतजावत गर्ने गरेका छन्।

– Source : Annapurna post